सोल-दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले आफ्नो सन् २०२० सम्ममा श्रमिकको न्यूनतम ज्याला बढाउने प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।
राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भने, ‘राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार न्यूनतम पारिश्रमिकको लक्ष्य पूरा गर्न सम्भव भएन ।’
दक्षिण कोरियामा सन् २०१७ मा भएको राष्ट्रपतिय चुनावी अभियानका क्रममा मुनले श्रमिकको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने वाचा गरेका थिए । राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा क्षमायाचना गरेका हुन् ।
तर पछिल्लो प्रावधानअनुसार सन् २०२० देखि दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा ८ हजार ५ सय ९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत वर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो । यस वर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै कम भएकाले न्यूनतम ज्यालादर प्रतिघण्टा १० हजार कोरियाली वन पुर्याउने लक्ष्यसहितको नीति असफल भएको हो ।
साङ-जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराएका हुन् । चेओङ वा–दायका सहयोगीहरूसँग भनेका छन्, ‘राष्ट्रपति मुनले मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्था मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगले कठिन निर्णय लिएको बताउनुभएको छ ।’ श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको समितिमा बुधबार भएको मतदानमा अर्को वर्षदेखि लागु हुने गरी २.९ प्रतिशत पारिश्रमिक वृद्धिको निर्णय गरिसकेको छ ।
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस