काठमाडाै-
आज (मंगलबार) पनि देशभर बदली रहेको र हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडमा पहिरो र तराईमा बाढी, डुबानको जोखिम अझै छ।
आज अविरल वर्षा नभए पनि वर्षा भने जारी रहने केही पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन जरुरी नै रहेको मौसमिवद् शान्ति कँडेलले जानकारी दिइन्।
‘अब पहिलेजस्तो अविरल (लगातार) वर्षा त हुँदैन तर त्यसो भनेर वर्षा रोकिने होइन,’ उनले भनिन्, ‘मनसुनी गतिविधि जारी नै छ, पर्सिसम्म वर्षाको सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे प्रकाशन गरेको २४ घण्टे चेतावनीमा देशको पश्चिमी तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसका कारण देशको पहाडी भूभागमा पहिरो जान सक्ने तथा तराइमा बहने नदी हरूमा मा जलको बहाव र स्तर हल्का बढ्ने सम्भावना छ।
साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउने सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसअघिको अविरल वर्षाका कारण जमिन भिजिसकेको तथा गलिसकेका कारण अब थोरै वर्षा भए पनि पहाडमा पहिरो तथा तराईमा बाढीको खतरा रहेको मौसमविद्को भनाइ छ।
आज मनसुनी न्यून चापीय रेखा केही तल (दक्षिण) तर्फ सर्ने भएकाले वर्षाको मात्रा केही कम हुने मौसमविद्को अनुमान छ। ‘तर नर्मल पोजिसनभन्दा अझै उत्तर नै छ यो रेखा,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यही भएर वर्षाको मात्रा केही कम होला तर मनसुनी गतिविधि रोकिँदैन।’
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस