काठमाडाैं- मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली फिल्म निर्माण हुने भएको छ । ‘डा. सिके राउत’ नाम जुराइएको फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो । फिल्ममा सिके राउतको भूमिका भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले निभाउनेछन् । उनी ‘एस.पी खरेल’ फिल्मबाट चर्चामा आएका थिए ।
फिल्मको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने फिल्मको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा हुने निर्माता बाबुले जानकारी दिए ।
‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने निर्माण टिमको तयारी छ । अभिनेता शाहले फिल्ममा सिके राउतको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए ।
उनले भने, ‘सिके राउत सरको बोल्ने र हिँड्ने स्टाइल कपी गर्न मैले केही दिन उहाँको संगत गरेँ । अझै १०/१५ दिन उहाँसँग बसेर सिक्नु छ । यो फिल्म मधेशको मात्र नभएर सिंगो नेपालको हो ।’ निर्देशक शाह भने अस्वस्थका कारण कार्यक्रममा उपस्थित भएका थिएनन् । पवन गौतमले खिच्ने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले फिल्मको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् ।
रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने फिल्मलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ । कार्यक्रममा बोल्दै राउतले यसअघि पनि मुम्बईको एक टिमले दुई पटक आफ्नो जीवनीमाथि फिल्म बनाउने तयारी गरे पनि आफ्नै कारण निर्माण हुन नसकेको खुलाए । फिल्मको टीजर हेरेपछि सन्तुष्ट देखिएका उनले मधेश आन्दोलनमा आफूले गरेको संघर्षको कथामा फिल्म बन्ने बताए ।
‘फिल्म बनाएपछि चल्नु पनि पर्छ । त्यसैले कमर्शियल बनाउन फिल्ममा केही काल्पनिक कुराहरु पनि जोडिनेछ’, उनले फिल्मलाई फिल्मकै रुपमा बुझ्न आग्रह गर्दै अगाडि भने, ‘फिल्ममा केही विवादस्पद कुरा पनि आउन सक्छन् । तर, त्यो एउटा इतिहास भइसकेको छ ।’ एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा फिल्ममा देखाइने उनको भनाई छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको निर्माण लागत डेढ करोड अनुमान गरिएको छ ।
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस