काठमाडौँ -पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।
उनी पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल—एन) का नेता हुन् । सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।
एक वरिष्ठ सरकारी अधिकारीले भने, ‘अब्बासीलाई गिरफ्तार गरिएको छ, उहाँलाई आज वा भोलि अदालतमा लगिनेछ ।’ नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्बन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् ।
अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।
अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सातवर्षे जेल सजायको फैसला सुनाइएको थियो । भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाइ शहवाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ ।
पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक वर्ष अगाडि प्रधानमन्त्रीका रूपमा खान निर्वाचित भएपछि उनले भ्रष्टाचारविरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस