काठमाडौं । नेपाल र भारतबीच तय भएको मैत्रीपूर्ण भलिबल खेल रद्द भएको छ । अन्तिम समयमा आएर भारतीय पक्षले नेपाल आउने नसक्ने जानकारी गराएपछि मैत्रीपूर्ण खेल रद्द हुन पुगेको हो ।
भारतको राष्ट्रिय पुरुष भलिबल टिम आगामी बुधबार काठमाडौं आउने कार्यक्रम तय भएको थियो । भारतीय टिमका लागि सबै व्यवस्था समेत मिलाईएको थियो । तर अन्तिम समयमा भारतीय खेलकुद मन्त्रालयले ब्यस्त कार्यतालिकाको कारण देखाउँदै भलिबल टिमलाई नेपाल जान रोक लगाएको हो ।
नेपाल भलिबल संघका उपाध्यक्ष कुमार राज सुबेदीले भारतसंगको मैत्रीपूर्ण खेल रद्द भएको पुष्टि गरे ।
‘आउने टिकटहरु सबै निश्चित भएको थियो । तर भारतबाट मन्त्रालयले रोक्ने भन्ने खबर आयो ।’ उनले खेलपाटीसंग भने ।
नेपाल भलिबल संघले साउन मसान्तमा काठमाडौंमा हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि भारतको राष्ट्रिय भलिबल टिमलाई तीन वटा मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको थियो ।
भारतको भलिबल संघले नेपालको निमन्त्रणालाई स्विकार गर्दै खेलको मिति समेत तय भएको थियो । सोही अनुसार साउन ९, १० र ११ गते मैत्रीपूर्ण खेल खेल्ने पक्का गरिएको थियो ।
एसियाली क्षेत्रको प्रतिष्ठित पुरुष भलिबल प्रतियोगिता एभीसी सेन्ट्रल जोन साउन मसान्तमा काठमाडौंमा आयोजना हुदैछ । प्रतियोगिताको तयारीका लागि नेपाली टिमले दैनिक प्रशिक्षण गरिरहेको छ । नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस