पोखरा-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले राष्ट्रियता धरापमा परेको बताएका छन् ।
वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासकै कमजोर बनेको बताउँदै उनले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।
सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको भन्दै डा. कोइरालाले प्रश्न गरे, ‘भेनेजुएलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खाजेको ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रियस्तरमा के सन्देश जान्छ ?’
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. कोइरालाले सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कमजोर बन्दा कम्युनिष्टहरुले फाइदा उठाएको बताए । उनले वृद्ध नेताहरुले अब विश्राम लिनु पर्ने बताउँदै त्यसो नभए आगामी महाधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए ।
भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाँड्न कम्युनिष्ट सरकारले गुठी विधेयक ल्याएको पनि आरोप लगाए ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस