hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 18, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

नारायणीमा दशैंअघि नै ‘मिनी पानीजहाज’ सञ्चालन गर्ने तयारी

५ श्रावण २०७६, आईतवार १२:४५ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौं- सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालन गर्ने तयारी भएको छ। क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताए।

भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब रु ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताए। क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ ।

क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनुभयो । प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । एकपटकमा २०० जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । कँडेलले भने, “क्रुजसिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने योजनामा छौँ ।”

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलका निर्देशक ओजस सेवा स्टियमले लामो समयदेखि भारत, मलेसिया, श्रीलङ्का, दुबई, सिङ्गापुरलगायतका देशमा सफलतापूर्वक काम गरिसकेकाले नारायणी नदीमा सफलतापूर्वक क्रुज सञ्चालनमा ल्याउने जानकारी दिए । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको १ दशमलव ८ किलोमिटर प्रतिघण्टाको गति रहनेछ ।

क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउको आकृति हुनेछ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले क्रुज सञ्चालनमा आएपछि सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्ने बताए । नेपालमै पहिलोपटक यो काम भएको भन्दै उनले यसलाई सामुदायिक वनसँग जोड्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सो क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालका नदीमा पानीजहाज चलाउने सङ्कल्प यसले केही हदसम्म भए पनि पूरा गर्ने बताउनुभयो । यसबाट जिल्लामा जल पर्यटनको शुभारम्भ हुने जानकारी दिए।

क्रुज निर्माण गर्न अभियानका रुपमा लाग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवी ज्ञवालीले प्रधानमन्त्री ओलीले नदीमा पानीजहाज सञ्चालन हुने बताएसँगै आफूहरुले विज्ञहरुसँग परामर्श गरेर काम शुरुआत गर्न आवश्यक सहयोग गरेको बताए । यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
-नारायण अधिकारी/रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • ठेक्काले नेपाली सेना बिबादमाठेक्काले नेपाली सेना बिबादमा
  • प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘
  • महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमितमहिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित
  • प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइप्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर

    दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    जाकार्ता - इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले...  विस्तृतमा

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑