hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 24, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

भीसीटीएस, ढुवानीमा भ्याट, प्यानको विरोध गरेका उद्योगी पछि हट्ने संकेत

५ श्रावण २०७६, आईतवार २१:५१ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin

काठमाडौं – भीसीटीएस, ढुवानीमा भ्याट, प्यानको विरोध गर्दै खारेजीको माग राखेर अर्थ मन्त्रालय पुगेका उद्योगी अर्थमन्त्री डा. युवराज खतिवडा देख्नेबित्तिकै गले । 

विगत केही दिनदेखि उद्योगीहरु भेइकल कन्साइन्मेट ट्रयाकिङ सिस्टम( भीसीटीएस), ढुवानीमा मूल्य अभिवृद्धि कर(भ्याट), कर्मचारीको अनिवार्य स्थायी लेखा नम्बर (प्यान) को व्यवस्था, डिजेलमा भ्याट खारेज लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए । 

सरकारले ल्याएको कानुन अव्यावहारिक भएको निष्कर्ष निकाल्दै उद्योगीहरु आन्दोलनमा उत्रिएपछि वार्ताका लागि आइतबार अर्थ मन्त्रालयमा बोलाइएको थियो । 

जब उद्योगीहरु वार्ताका लागि हलमा छिरे, जहाँ अर्थमन्त्री खतिवडा उनीहरुलाई कुरेर बसेका थिए । अर्थमन्त्रीलाई देख्नेबित्तिकै उनीहरुको रुप मात्रै बिग्रिएन, आफू के माग लिएर अर्थमन्त्रीसमक्ष आएको समेत भुले ।

खासमा उनीहरु भीसीटीएस खारेजी, ढुवानीमा भ्याट लगाउन नहुने, कर्मचारीको अनिवार्य प्यान नम्बरको व्यवस्था खारेज हुनुपर्ने माग लिएर अर्थमन्त्रीसमक्ष वार्तामा पुगेका थिए । 

वार्ताका लागि हलमा बसेका अधिकांश उद्योगीले सरकारले ल्याएको व्यवस्था एकदमै राम्रो भएको भन्न पुगे । त्यति मात्रै होइन, उद्योगीले इन्टरनेट पहुँच सबै ठाउँमा नभएको भन्नसमेत भ्याए । जवाफमा अर्थमन्त्री खतिवडाले इन्टरनेट पहुँच नभएको स्थानमा इन्टरनेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

‘मन्त्रालय पुग्नुअघि अर्थमन्त्रीविरुद्ध आक्रामक बनेका उद्योगी उहाँलाई देख्नेबित्तिकै सबैको होसहवास उड्यो,’ एक सहभागी उद्योगीले भने, ‘गरुडका अघि सर्पको जस्तो हालत हुन्छ, आज उद्योगीको पनि त्यस्तै हालत भयो ।’  

अर्थमन्त्रीले उद्योगीलाई एक–एक गरी समस्याका बारेमा सोध्दा उनीहरु सरकारले ल्याएको व्यवस्था एकदमै राम्रो रहेको समेत भन्न भ्याए । 

‘यदि उक्त व्यवस्था राम्रो नै थियो भने, अहिलेसम्म आन्दोलन किन गरेको ?’ एक उद्योगीले प्रश्न गरे, ‘बाहिर चर्को चर्को स्वरमा उफ्रिने, सम्बन्धित ठाउँमा पुगेपछि आफ्नो कुरा राख्न नसक्ने ।’ 

वार्तामा सहभागी हरेक उद्योगीले सरकारले ल्याएको व्यवस्थालाई गलत औंल्याउन सकेनन्, बरु इन्टरनेटको व्यवस्था सबै ठाउँमा मिलाउन आग्रह गर्न भ्याए । 

बरु अर्थमन्त्री आफैंले भने, ‘दैनिक ज्यालादारलाई अनिवार्य प्यानको व्यवस्था कठीन हो, यसलाई केही गर्न सकिन्छ ।’ तर, उद्योगीले कर्मचारीको अनिवार्य प्यान खारेजको कुरा गर्दै आएका थिए, त्यहाँ कसैले पनि बोलेनन् । 

वार्तामा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, किशोर प्रधान र उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य भरत आचार्य, अन्जन श्रेष्ठ, जय शिवाकोटीलगायत जनकपुर उद्योग वाािण्ज्य सङ्घका अध्यक्ष ललित साहलगायत जिल्ला नगरका उद्योगी व्यवसायी सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्नेदेशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने
  • प्रधानमन्त्री ओली राजीनामा गर्न तयारप्रधानमन्त्री ओली राजीनामा गर्न तयार
  • नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्नेनेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने
  • मुलुकभरको सुरक्षामा उच्च सतर्कतामुलुकभरको सुरक्षामा उच्च सतर्कता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    घट्यो सुनचाँदीको मूल्य

    घट्यो सुनचाँदीको मूल्य

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    जनता र संविधानको जित : सभामुख

    जनता र संविधानको जित : सभामुख

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)...  विस्तृतमा

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    इटलीका राजदूतको कङगोमा हत्या

    इटलीका राजदूतको कङगोमा हत्या

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑