काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो समयदेखि विवादमा रहेको जिम्मेवारी बाँडफाँटलाई टुंग्याउँदै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो ।
पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हाबी देखिएको छ ।
तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये नेपाल पक्षधर नेताहरुले २१ जिल्लासहित २४ इन्चार्ज हात पारेका छन् भने प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली निकट नेताहरुले १९ जिल्लासहित २० इन्चार्ज भेटेका छन् ।
त्यस्तै तत्कालीन माओवादीको भागमा परेका ३१ इन्चार्जमध्ये पुष्पकमल दाहाल निकटका २२ र नारायणकाजी श्रेष्ठ निकटका ४ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
पार्टीमा पछिल्लो समय शक्तिशाली बन्दै गएको आँकलन गरिएका नेता रामबहादुर थापा निकटका ४ र नेता वामदेव गौतम निकटका ४ जना नेता इन्चार्ज बनेका छन् ।
गृहमन्त्री समेत रहेका थापा प्रदेश र जिल्ला कमिटि गठनमा हाबी भएका थिए । पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ निकट नेताहरुले चार जिल्ला इन्चार्ज पाएका छन् ।
यस्तै पाँच जिल्ला इन्चार्ज भने ओली र माधव नेपाल दुवैसँग राम्रो सम्बन्ध भएका नेताहरु छन् । नेता इश्वर पोखरेल निकट कुनै नेताले पनि इन्चार्जको जिम्मेवारी पाएनन् ।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस