काठमाडौं – नविल बैंक मर्जरमा नजाने भएको छ । राष्ट्र बैंकले मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिए पनि नविलले अहिलेसम्म मर्जरको प्रतिवद्धता बुझाएको छैन ।
‘राष्ट्र बैंकले मौखिक निर्देशन दिएको हो, त्यसैले हामीले लिखित जवाफ दिनुपर्छ भन्ने ठानेनौं,’ नविल बैंकका एक सञ्चालकले भने, ‘हामी मर्जरमा जान तयार छैनौं । पछि समय र परिस्थितिले मर्जरमा जानै पर्यो भने मात्रै जान्छौं ।’
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गत असार १२ गते राजधानीको याक एण्ड यति होटेलमा बैंकका अध्यक्ष र सीइओलाई बोलाएर असार २७ गते मौद्रिक नीति ल्याउने जानकारी दिँदै मौद्रिक नीतिअघि नै मर्जरको लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए ।
प्राविधिक कारणबस मौद्रिक नीति हप्ता/दश दिन ढिलो आउने भएको छ । अर्थात् यसैसाता मौद्रिक नीति आउँछ ।
गभर्नरको निर्देशनपछि २० वटा वाणिज्य बैंकले राष्ट्र बैंकसमक्ष मर्जरको प्रतिवद्धता तथा आफ्नो धारणा बुझाएका छन् । अधिकांशले मर्जर कमिटि गठन गरेर उपयुक्त जोडी खोजिरहेको भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
ग्लोबल आइएमइ र जनता बैंकले भने मर्जरमा जाने सम्झौता नै गरिसकेका छन् भने प्राइम बैंक कन्काइ र कैलाश विकास बैंक गाभ्ने प्रक्रियामा छ । त्यसैले प्राइमले प्रतिवद्ध्ता नबुझाए पनि हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘अहिलेसम्म २२ वटा बैंकको कमिटमेन्ट आइसकेको छ, प्राइम बैंकचाहीँ कन्काइ र कैलाश विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेकाले उसले कमिटमेन्ट बुझाइरहनु पर्दैन,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले क्लिकमाण्डूसँग भने, ‘नविल, एभरेष्ट र ३ वटा सरकारी बैंक (राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक)ले अहिलेसम्म मर्जरको प्रतिवद्धता बुझाएका छैनन् ।’
एभरेष्ट बैंकले राष्ट्र बैंकका अधिकारीहरुलाई आफ्नो साझेदार पञ्जाब नेशनल बैंकसँग छलफल भइरहेको अनौपचारिकरुपमा जानकारी गराएको छ । पञ्जाब नेशनल बैंकले निर्णय दिएपछि मात्रै आफूहरुले निर्णय गर्नसक्ने एभरेष्टका अधिकारीहरुले जानकारी दिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
नविल बैंकले भने राष्ट्र बैंकमा कुनैपनि प्रकारको जानकारी गराएको छैन ।
‘सायद नविल बैंकले कमिटमेन्ट पठाउने तयारी गरेकाले अन्य कुरा जानकारी नगराएको हुनसक्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
तर, नविल बैंक स्रोतका अनुसार राष्ट्र बैंकले मर्जरको प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि बैंक सञ्चालक समितिको बैठक बोलाएर यस विषयमा छलफल भएको थियो ।
‘सञ्चालक समितिले नै मौद्रिक नीतिसम्म पर्ख र हेरको रणनीति अबलम्बन गर्ने निर्णय गर्यो,’ स्रोतले भन्यो, ‘मौद्रिक नीतिले बाध्यकारी गर्यो भने मर्जरमा जाने होइन भने मर्जरमा नजाने हाम्रो नीति हो ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह मर्जरका लागि आफुहरु मौद्रिक नीतिलाई कुरेर बसेको बताए ।
‘नबिल बैंक मर्जरमा जादैन भन्ने होइन, उपयुक्त संस्था पाएमा मर्जरमा जानको लागि समस्या छैन, तर अहिलेसम्म कोहीसँग पनि कुराकानी भएको छैन, मौद्रिक नीति कसरी आउने छ, त्यसलाई हामीले कुरेर बसेका छौं,’ केहीदिन अघि सीइओ शाहले क्लिकमाण्डूसँग भनेका थिए, ‘‘नीतिले मर्जरको लागि कस्तो निर्देशन दिन्छ,त्यो आधारमा हामी अगाडि बढ्ने हो ।’
बैंकका अधिकारीहरु लभ म्यारिजको पक्षमा नभएको बताउँछन् ।
‘हामी लभ म्यारिज गर्ने पक्षमा छैनौं, अभिभावकले एरेञ्ज म्यारिज गराउनुभयो भने बिहे नगरी सुख छैन,’ स्रोतले भन्यो ।
राष्ट्र बैंकका अधिकारीहरुले नविल बैंकलाई कमजोर पफरमेन्स गरेका केही वाणिज्य बैंक लिइदिन आग्रह पनि गरेका छन् । तर, नविलले खासै चासो देखाएको छैन ।
यद्यपि कुन संस्था उपयुक्त हुनसक्छ भनेर आन्तरिक विश्लेषण भने गरिरहेको स्रोतहरुको दाबी छ ।
नविल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक हो । गत चैत मसान्तसम्मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७५/७६ मा झन्डै ५ अर्ब रुपैयाँ कमाउने बैंकका अधिकारीहरु बताउँछन् ।
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस