काठमान्डाै – टोटेनहम हट्सस्परका फरवार्ड ह्यारी केनले मैदानको मध्यभागबाट अबिस्वस्नीय गोल गरेपछि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई पराजित गरेको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस टोली टोटेनहम हट्सस्पर ३-२ ले विजयी भयो ।
खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता बनाएको थियो । एरिक लामेलाले ३१ औं मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाए।
दोस्रो हाफको ५६ औं मिनेटमा युभेन्ट्सका गोन्जालो हिगुआईनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसको ४ मिनेटपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । उक्त अग्रता लामो समय टिक्न सकेन । टोटनन्ह्यामका लुकास मौराले 65 औं मिनेटमा बल लाइ पोस्टको दिशा दिंदै खेल २-२ को बराबरीमा ल्याए ।
खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा टोटेनहम हट्सस्परका फरवार्ड ह्यारी केनले अविश्वसनीय गोल गरे । उनले मैदानको मध्यभागबाट गरेको प्रहार जुभेन्टसका परिवर्तित गोलरक्षक वोजचिएक सेजेज्नीको टाउको माथि हुँदै दर्शनीय गोलमा परिणत भएको थियो ।
जाकार्ता - इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस