एजेन्सी- फुटबलको इतिहासमा अहिले नेयमारले सर्वाधिक पारिश्रमिक लिँदै आएका छन्। तर उनको यो कीर्तिमान चाँडै नै तोडिने भएको छ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एम्बाप्पेलाई सर्वाधिक तलवसहितको नयाँ सम्झौताको प्रस्ताव अघि सारेपछि नेयमारको कीर्तिमान भंग हुन लागेको हो।
फ्रान्सका २० वर्षीय खेलाडी एमबाप्पेका लागि पीएसजीले सर्वाधिक तलब खुवाउने शर्त सहित ५ वर्षको सम्झौता नवीकरणको नयाँ प्रस्ताव अघि सारेको हो।नेयमार पेरिस छाडेर बार्सिलोना फर्कने समाचार सार्वजनिक भईरहदाँ पीएसजीले एम्बाप्पेलाई क्लबमै राख्न चाहेको बताइएको छ।
नयाँ प्रस्ताव अनुसार २० बर्षका युवा आक्रमक फरवार्डलाई क्लबले सर्वाधिक तलब दिने प्रस्ताव गरेको बताइएको छ। पीएसजीले एम्बाप्पेलाई ५० मिलियन युरोको प्रस्ताव गरेको छ । उनी अहिले बार्षिक रुपमा १८ मिलियन युरो लिदै आएका छन् ।
यदि नेयमार बार्सिलोना फर्किएको अवस्थामा एम्बाप्पे पीएसजमा सर्वाधिक तलब लिने खेलाडी बन्नेछन्। प्रिमियर लिगको सफल र खर्चालु क्लब म्यानचेष्टर सिटीले समेत एम्बाप्पेमाथि ईच्छा देखाईरहेको छ।
नेयमारले बार्षिक रुपमा ३० मिलियन युरो तलब पाउँदै आएका छन्।
सम्झौताले आकार लिएमा एम्बाप्पे क्लब फुटबलमा सर्वाधिक रकम बुझ्ने विश्व फुटबलका दोस्रो खेलाडी बन्नेछन् । सन् २०१७ मा मोनाकोबाट पीएसजी लोनामा आएका एम्बाप्पेलाई क्लबले मुख्य खेलाडीको रुपमा राखेको छ ।
उनले स्थायी रुपमा पीएसजीमा जोडिनुअघि ४४ खेलमा २१ गोल गरेका थिए ।
फ्रान्सलाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलेका उनले पछिल्लो सिजन ४३ खेलमा ३९ गोल गरको थिए ।
सोही कारण उनी युरोपका ठुला क्लबका मुख्य प्राथमिकता बनेका छन् ।
नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस