काठमाडौँ : ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटिले संयुक्त रुपमा काठमाडौँको मुलपानीमा बाडी तथा पहिरो बाट एकै परिवारका ३ जना मृत्यु भएका पिडित परिवारलाई रु. ३०,०००.००(तिस हजार) आर्थिक सहयोग गरेको छ । बारा जिल्ला देवताल गाउपलिका वडा न. ५ घर भई मुलपानीमा बसोबास गरि ज्यामी काम गर्दै आएका बिपन्न बर्गका ३ जना सर्मिला देवी यादब, नितु देबी यादब र कुन्दन यादबको पहिरोले पुरिएर मृत्यु भएको थियो ।
आर्थिक अबस्था एकदमै कम्जोर भएका परिवारलाई केहि राहत महसुस होस् भन्ने उदेश्यले कागेश्वरि मनहरा नगरपालिका वडा न. ६ का वडाधक्ष्य प्रकाश फुयाल र मृतकका आफन्त बिपिन यादबको उपस्थितिमा वडाधक्ष्य मार्फत पिडित परिवारलाइ आर्थिक राहत स्वरुप उक्त आर्थिक सहयोग गरिएको कुरा नेपाल फिल्म सोसाइटीका अधक्ष्य कृष्ण मल्लले जानकारी गराए ।
ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ तथा अमेरिका निबासी कलाकार तथा ग्लोबल नेपाली फिल्म अवार्डका सदस्य राजु बजाजको पहलमा कलाकार तथा समाजसेवी उज्जवल अर्याल, नायक प्रशिद्ध अर्याल, नायक कृष थापा, गीतकार हरि उप्रेती, सामाजसेवी राज कुमार काफ्ले, समाजसेवी रामु न्यौपाने, समाजसेवी सन्तोष अधिकारि, समाजसेवी अन्जन कुवरहरु मार्फत उक्त रकम आएको र नेपाल फिल्म सोसाइटीका अधक्ष्य कृष्ण मल्ल, नेपाल फिल्म सोसाइटीका मदु कुमार श्रेष्ठ, एस. के. श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, शंकरलाल श्रेष्ठ प्रेस संयोजक सुर्य चन्दको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो । स्मरण रहोस उक्त सस्थाहरु मार्फत यस अघि कलाकार तथा पिडित जयनेन्द्र चन्द ठाकुरलाइ रु. २०,००० आर्थिक सहयोग गरिएको थियो ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस