काठमाण्डौ-सिंगापुरमा भईरहेको आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कतारसंग ४ विकेटले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन र कप्तान पारस खड्का २८ रन को योगदान दिए ।
उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामी दुई रन लिने क्रममा ११ रनमा रन आउट भए । विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।
करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए ।
नेपाललाई सस्तैमा रोक्न कतारका लागि इकवाल हुसेनले सर्बाधिक ३ विकेट लिए। कप्तान तमूर साजिद र नौमान सर्वारले समान २ विकेट लिए । त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो ।
कतारलाई जिताउन इनाम उल हकले सर्बाधिक ४१ रनको योगदान दिए । कमरान खान २२ रन, जाहिर इब्राहिम १२ रन मुहम्मद तनभीर ११ रन कप्तान तमूर साजिदले ९ रन जोडे। कतारी विकेटकिपर मोह्हमद रिजलान ९ रन र नौमान सर्वार ले नटआउट १५ रन जोड्दै नेपाल माथि रोमाञ्चक जित दिलाए ।
नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ३ विकेट लिए। कारण केसीले १ विकेट हात पारे। कतारका २ जना ब्यास्ट्सम्यान रन आउटको सिकार भए ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस