टीकापुर–कैलालीको टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्।
उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।
२०७२ भदौ ७ गते डेढ वर्षीय बालक र ८ जना प्रहरीको हत्या भएको थियो। सो घटनामा दोषी देखिएको भन्दै सांसद रेसम चौधरी काराबास भुक्तान गरिरहेका छन्।
खासगरी त्यो घटनापछि थारू र पहाडी समुदायबीच दूरी बढेको हल्ला निकै फैलियो। तर, यसबीचमा दुई समुदायबीच कुनै झैझगडा भएको पाइएन। यसले पनि दुवै समुदाय मिलेर बस्न चाहेको प्रस्ट हुन्छ।
सो घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको स्मृतिमा स्थापना भएको टेकबहादुर साउद स्मृति केन्द्रले शुक्रबार चौथो साधारणसभा सम्पन्न गरेको छ।
साधारणसभामा दुवै समुदायका वक्ताहरूले मिलेर जानुको विकल्प नभएकोमा जोड दिए। उनीहरूले मिलेर मात्रै टीकापुरको नाममा लागेको कलंकको टीकालाई पखाल्न सकिने स्पष्ट पारेका थिए।
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस