• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 07, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  साहित्य

महाकवि देवकोटा सङ्ग्रहालय :कविकुञ्ज प्राप्तिमै एक वर्ष

८ कार्तिक २०७६, शुक्रबार १४:१६ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
हटपाटी संवाददाता

काठमाडौँ: महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ ।

सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने अन्य प्रक्रियागत झमेला मिलाएको छ । मुआब्जा वितरणपछि धोबीधारास्थित १२ आनामा निर्मित कविकुञ्जको हक प्रतिष्ठानको नाममा हस्तान्तरण हुनेछ ।

मुआब्जा वितरणपछि सङ्ग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्ने र बजेट तर्जुमाको प्रक्रिया शुरु हुनेछ । उक्त सम्पत्तिलाई देवकोटा परिवार र गुठी संस्थानको परामर्शमा रु पाँच करोड मूल्य निर्धारण गरी देवकोटा परिवारलाई रु दुई करोड ५० लाख दिने गरी समझदारी भएको प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । उक्त जग्गा गुठीको नाममा रहेकाले गुठी संस्थानले भने यसबारे अझै सबै टुङ्गो लगाइ नसकेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीसम्बन्धी कार्यक्रममा उक्त सङ्ग्रहालय बनाउने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको देवकोटाको जन्मघर खरीद गरी ‘रेक्ट्रोफिटिङ’ गरेर देवकोटा कसरी पलेँटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने गरी सङ्ग्रहालय बनाउने योजना सुनाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले उक्त सङ्ग्रहालय निर्माणका लागि मुआब्जा र अन्य विषयबारेको प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्मा पठाइने प्रक्रिया शुरु भएको जानकारी थिए । उनले यसबारे थप जिम्मेवारी प्रज्ञा प्रतिष्ठानलाई दिइएको बताएका छन् ।

उक्त कविकुञ्ज महाकवि देवकोटाका साइली छोरीको नाममा रहेकामा हाल देवकोटाका दुई छोराहरुको नाममा हस्तान्तरण गरिएको र सरकारबाट मुआब्जा रकम प्राप्त भएपछि रकम दिएर कविकुञ्ज प्रतिष्ठानको नाममा हस्तान्तरणको प्रक्रिया शुरु हुने कुलपति उप्रेतीले बताएका छन् । देवकोटाका दुवै छोराहरु हाल विदेशमा रहनुभएकाले देवकोटाका माइली छोरीसँग प्रतिष्ठानले समन्वय गरिरहेको छ । कुलपति उप्रेतीले प्रतिष्ठानका कमलादीस्थित परिसरमा अर्काे सङ्ग्रहालय भवन विस्तृत परियोजना प्रस्ताव बनाइसकिएको पनि बताए ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले विद्यमान कानूनअनुसार निर्धारण गरिएको मूल्यको ६६ प्रतिशत मुआब्जा रकम आफूहरुलाई चाहिने दाबी गरे । कूल मूल्यको ३३ प्रतिशत रकम भोगचलन गर्नेले पाउँछ । उनले यसबारेमा सरकारले निर्णय गरेपछि हक हस्तान्तरण सहज हुने बताएका छन् । प्रज्ञा प्रतिष्ठानले भने देवकोटा विलक्षण प्रतिभावान व्यक्ति भएकाले उनको परिवारलाई कूल मूूल्यको ५० प्रतिशत रकम निकासा गराउन पहल गरेको छ । गुठी संस्थान, ऐन, २०३३ को दफा ४२ (क) मा ‘गुठीमा रहेको जग्गमा बेचबिखन हुँदैन । सरकारले सामाजिक कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गराउन व्यवहारिकता हेरी सहुलितय मूल्यमा लिन सक्ने’ उल्लेख छ ।

महाकावि देवकोटाका ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’, ‘पुथ्वीराज चौहान’, ‘प्रमिथस’, ‘महाराणाप्रताप’, ‘वनकुसुम’ महाकाव्य, ‘मुनामदन’, ‘कुञ्जिनी’, राजकुमार प्रभाकर’लगायत खण्डकाव्य, लक्ष्मी कथा र निबन्ध सङ्ग्रहलगायत दर्जनौँ लोकप्रिय कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाका परिकल्पनाकार समेत रहेका महाकवि देवकोटा पूर्व शिक्षामन्त्रीसमेत थिए । उनको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन र निधन विसं २०१६ भदौ २९ गते भएको थियो ।

सम्बन्धित समाचार

  • पूर्वप्रमुख सूचना आयुक्त कसजूको निधन
  • डा. उपाध्यायले गीत लेखेरै राखे १४ विश्व कीर्तिमान
  • “आमा” – सुचित्रा श्रेष्ठ
  • प्रधानमन्त्री केपी ओलीबाट ‘छायाँको लस्कर’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अटो पल्टिँदा पाँचको मृत्यु

    १३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा

    विस्फोटक पदार्थसहित पक्राउ

    साग महिला फुटबल : भारतसँग नेपाल पराजित

    अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत

    एसपी र डिएसपीको सरुवा

    साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार

    १३ औं साग- २४ वर्ष पछि नेपाललाई म्याराथनमा स्वर्ण

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    कालापानी र लिपुलेक फिर्ता गराउन प्रयास भैरहेको छ-उपप्रधानमन्त्री पोखरेल

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    अटो पल्टिँदा पाँचको मृत्यु

    हटपाटी संवाददाता

    एसपी र डिएसपीको सरुवा

    हटपाटी संवाददाता

    राजमार्ग विस्तारलाई गैँडाकोटका तीन हजार रुख काटिने

    हटपाटी संवाददाता

    सात उपसभामुखको गुनासै गुनासो – ‘उप’ भनेर जहिल्यै विभेदमा

    हटपाटी संवाददाता

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नबढाउन सर्वोच्चकाे आदेश

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत

    सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार...  विस्तृतमा

    एजेन्सी

    हवाई कारबाहीमा पन्ध्र विद्रोही मारिए

    एजेन्सी

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑