काठमाडौँ – ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शुक्रवार काठमाडौँमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीलले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् एकीकृत कारोवार शुरु गर्नेछन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ ।
त्यस्तै मर्जरपछि बन्ने बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सिइओ महेश शर्मा ढकाल, वरिष्ठ डेपुटी सिइओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । संयुक्त बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १२ अर्ब र कूल कर्जा लगानी दुई खर्ब पुग्नेछ ।
त्यस्तै बैंकको शाखा सञ्जाल ३०० भन्दा बढी र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् । उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी दुबै बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे ।
उनले दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी संयुक्त कारोवार शुरु गरिने जानकारी दिए । ग्लोबल आइएमई बैंक मर्जरमा सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि १७ वटा विभिन्न वित्तीय संस्थासँग मर्ज गरी हाल जनता बैंकसँग अठारौँ मर्ज गरेको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान भएको उल्लेख गरे ।
सो अवसरमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीतिबमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जर गरिएको बताए । उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुङ्गो लागिसकेकाले चाँडै संयुक्त कारोवार हुने बताए ।
सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस