• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 10, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  प्रदेश नं. ५

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

१९ कार्तिक २०७६, मंगलवार १४:४९ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
हटपाटी संवाददाता

हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन ।

विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो समस्यामा भोग्न बाध्य छ ।

आठै पालिकामा समस्या

यहाँका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ । नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जीउ, सुँ र रङ गाउँमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यता छ ।

उक्त वडामा टावरले राम्रोसँग काम गर्दैनन् । भरपर्दो टेलिफोन सुविधा नहुँदा जनताले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताउनुभयो । त्यसैगरी वडा नं ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ र खदाङका नागरिक वर्षांैअघिदेखि अन्धकारमा छन् ।

पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताउनुभयो । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उहाँले बताउनुभयो ।

नगर क्षेत्रको वडा नं ८ मा पर्ने खालीबन गाउँ र ११ मा पर्ने मुँ र बन्तडी गाउँमा फोन सुविधाको चरम समस्या रहेको छ । ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको टावरले काम नगर्ने भएकाले त्यहाँका नागरिक वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । “सिङ्गो गाउँमा कतै पनि फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि दश मिनेट हिँडेर डाँडामा आनुपर्छ, घरमै फोन नलाग्दा साह्रै समस्या भएको छ”, खालीवनका स्थानीयवासी विष्णु गुरुङले गुनासो गर्नुभयो ।

“हामीलाई अन्य विकास चाहिँदैन, सरकारलाई टेलिफोन टावर बनाइदिन माग गर्छौं”, उहाँले भन्नुभयो । कोही बिरामी पर्दा, महत्वपूर्ण खबर रातिको समयमा गर्नुपर्दा साह्र समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । स्थानीयस्तरमै निकालिएको १०० किलोवाटको लघु जलविद्युत्का कारण बत्तीको सुविधा राम्रो भएको स्थानीयवासीको भनाइ छ ।

नगरपालिका कार्यालय नै सञ्चारविहीन

त्रिपुरासुन्दरी नगरपालिका कार्यालय रहेको वडा नं १ बगर क्षेत्रमा टेलिफोन लाग्दैन । नगरपालिको आफ्नै टावर नभएकाले छिमेकी नगरपालिकामा राखिएको टावरले काम नगरेपछि नगरपालिका कार्यालयनै सञ्चारविहीन छ । अझै पनि नगरपालिका आसपासका नागरिक फोन गर्नका लागि घरदेखि माथिपट्टी पुग्नुपर्ने बाध्यता छ ।

“लाजमर्दो कुरा नगरपालिका कार्यालयमै टावर टिप्दैन तर पनि नगरपालिकाको ध्यान गएको छैन, नागरिक वर्षौंदेखि फोनको समस्या झेल्न बाध्य छन्”, स्थानीयवासी पुर्णकेशर न्यौपानेले भन्नुभयो । “नगर क्षेत्रमा टावर राख्ने भनेर बोलपत्र भएर ठेकेदारले जिम्मा लिइसक्दासमेत टावर निर्माणमा शीघ्रताका लागि ताकेता भएको छैन”, उहाँले भन्नुभयो । नगरपालिका कार्यालयनै सञ्चारविहीन भएको कुरामा बारम्बार ध्यानाकर्षण गराउँदासमेत कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

वडा नं १ र २ मा विद्युत्को पनि चरम समस्या छ । नगरपालिका कार्यालयको नजिकको दूरीमा रहेको छलगाड लघु जलविद्युत् आयोजना आज हो कि भोलि भन्ने अवस्थामा छ । कमजोर बाँध र कम क्षमताको उपकरणले गर्दा पटक–पटक अवरुद्ध हुने गर्दछ । हिँउदमा कम पानी भएर र वर्षात्मा खोला बडेर अवरुद्ध हुने गर्दछ ।

नगरपालिकाले नै प्रयोग गर्ने विद्युत्को हालत नाजुक भइसक्दासमेत सुधारका लागि कसैले चासो नदिएको स्थानीयवासी बताउँछन् । विद्युत्को अवस्था नाजुक भएकै कारण बेलुकी ६ बजेदेखि ११ बजेसम्म मात्रै बत्ती आउने गर्छ भने दिनमा बत्तीनै आउँदैन् ।

ठूलीभेरीमा विद्युत्को चरम समस्या

सदरमुकाम दुनैसहित जोडिएको ठूलीभेरी नगरपालिकाको जैरीगाड जलविद्युत् आयोजनाको भर छैन । वर्षमा दर्जन धेरै पटक अवरुद्ध भइराख्ने भएकाले अधिकांश समय नागरिक अन्धकारमै बस्ने गर्दछन् । नहर निर्माण गरिएको भूगोल कमजोर भएकाले सुक्खा पहिरोले बारम्बार विद्युत् अवरुद्ध गर्ने गर्छ । स्थानीय प्रदेश हुँदै केन्द्रसम्म नगरप्रमुख, सांसददेखि मन्त्रीसम्म भए पनि विद्युत्को अवस्था सुधारका लागि कसैको पनि ध्यान नगएको दुनैका स्थानीयवासीको गुनासो छ ।

जगदुल्ला मुड्केचुलामा सञ्चार र विद्युत्को समस्या

तल्लो डोल्पाअन्तर्गत पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा विद्युत् र सञ्चारको चरम समस्या रहेको छ । जगदुल्ला गाउँपालिकामा सञ्चारको सुविधा राम्रो भए पनि विद्युत्को चरम समस्या रहेको छ । विद्युत् नहुँदा गाउँपालिका कार्यालयनै सौर्य ऊर्जाको भरमा चलेको छ । बाँदल लाग्दा सोलारले काम नगर्ने भएकाले काम गर्न साह्रै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो ।

हुरीकोटमा उत्पादन गरिएको विद्युत्ले हुरिकोट, थापागाउँ र चौरीकोट गाउँ झिलीमिली भए पनि नजिकै जोडिएका झ्याकोट र रिमी गाउँमा अन्धकारमा छन् । छिमेकी गाउँसम्म आएको विद्युत् विस्तारका लागि पहल गरे पनि विद्युत् समितिले नमानेको झ्याकोटका स्थानीयले गुनासो गरे । कादुरी नामको संस्थाले निश्चित गाउँका लागि मात्रै उत्पादन गरेकाले क्षमताले नभ्याउने बताउँदै विद्युत् विस्तार नगरिएको विद्युत् समितिले जनाएको छ ।

त्यसैगरी मुड्केचुला गाउँपालिकाको नर्कुबाहेक कालिका, शर्मी, ओक्ट होर्तलगायतका गाउँमा बत्तीको सुविधा छैन । गाउँपालिकाको अधिकांश क्षेत्रमा बत्तीको सुविधा नहुँदा हुनेखानेमात्र सोलाको उज्यालोेमा बसेका छन् भने आर्थिक अवस्था कमजोर नागरिक अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराइदिन हिजोदेखि आजसम्म स्थानीय सरकार, माननीय मन्त्रीहरुलाई गुनासो गरे पनि सुनुवाइ नभएको शर्मीका स्थानीयवासीको गुनासो छ । मुड्केचुलामा सञ्चारको अवस्था अझ भयावह छ । टेलिफोन सुविधा नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।

सूचना आदानप्रदान गर्न त्यहाँका नागरिक अग्लारुख र पहाड उक्लदै ठिक्क छन् । भएको टावरको स्याटलाइट चाइनाले बन्द गरिदिएपछि गाउँपालिका नै दुई सातादेखि सञ्चारविहीन भएको छ ।

काइकेमा सञ्चारको समस्या

त्यसैगरी काइको गाउँपालिकामा सञ्चारको चरम समस्या छ । भएको टेलिफोन टावर दुई सातादेखि अवरुद्ध भएपछि सञ्चारको समस्या भएको हो । चीनले स्याटलाइट बन्द गरेपछि यहाँको टेलिफोन टावर अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष अगंत रानाले बताउनुभयो ।

काइकेमा गाउँपालिकामा विद्युत्को पनि चरम समस्या छ । लामो समयदेखि निर्माणाधीन ५० किलोवटाको ब्यासगाड लघु जलविद्युत्, पन्ध्र किलोवाटको छेयकाम लघुलविद्युत् आयोजना त्यसै अलपत्र परेका छन् । विद्युत्को सुविधा नहुँदा शहरतारा, गुम्बातारा, टुप्पातारा, खानीकोलालगायतका गाउँ वर्षौंदेखि विद्युत् सेवाविहिन छन् । हुनेखानेले सोलार जोडेका छन् भने कमजोर आर्थिक अवस्था भएका स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन् ।

उपल्लो डोल्पामा विद्युत्को समस्या

उपल्लो डोल्पाका स्थानीय तहमा सञ्चारको समस्या समाधान भएको छ । उपल्लो डोल्पाका फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकामा विभिन्न ठाउँमा नमस्तेका मोबाइल टावर निर्माण भएपछि वर्षौंदेखिको टेलिफोन असुविधा हटेको हो ।

सञ्चारको सुविधा सुधार भए पनि विद्युत्को समस्या भने जिउँका तिउँ रहेको छ । उपल्लो डोल्पाका कुनै पनि स्थानीय तहमा विद्युत्को सुविधा छैन । विद्युत् नभएपछि सम्पूर्ण नागरिक सोलारको भरमा रहेका छन् ।

प्रदेश नं. ५ बाट थप

  • बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी
  • प्रदेशको केन्द्र दाङ बन्छ : प्रचण्ड
  • विपक्षी दलका नेताकाे कर्तुतः फर्जी कागजात पेस गरी बुहारीलाई जागिर
  • चिनियाँ राष्ट्रपतिकाे गृहनगरसँग बुटवल नगरपालिकाकाे भगिनी सम्वन्ध
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कलेजमा रोमान्स गर्दै दुर्गेश र शुस्मा (भिडियोसहित)

    संसदकाे हिउँदे अधिबेसन पुस ४ बाट

    बलात्कार र हत्या मुद्दाका फरार युवक पक्राउ

    ६ बुँदे सहमति गरि काेहलपुर घटनाकाे साम्य

    सागको समापन आज,प्रधानमन्त्रीले भिडियाे मार्फत सम्वाेधन गर्ने

    कोरियामा एक नेपालीले ‘इश्वरलाई धन्यवाद’ दिंदै आत्महत्या गरे

    जापानी भाषा परीक्षामा नेपाली सबैभन्दा कमजोर

    नेविसंघले सार्वजनिक गर्यो कालापानी र लिपुलेक समेटिएको नक्शा

    नेविसंघले सार्वजनिक गर्यो कालापानी र लिपुलेक समेटिएको नक्शा

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहामा प्रदर्शन, प्रहरीसँग झडप

    १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण,सात खेलाडीको उपचार हुँदै

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    ६ बुँदे सहमति गरि काेहलपुर घटनाकाे साम्य

    हटपाटी संवाददाता

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    हटपाटी संवाददाता

    भ्यागुते तथा चरचरे रोगविरुद्ध खोप

    हटपाटी संवाददाता

    विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध र्याली

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    रावलपिन्डी- श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा...  विस्तृतमा

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    एजेन्सी

    उत्तर कोरियाली महिलामाथी लैङ्गिक विभेदको शिकार

    एजेन्सी

    कोरियामा विवाह गर्ने युवालाई आर्थिक अनुदान

    एजेन्सी

    चीन–अमेरिका व्यापार खुम्चियो

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑