काठमाडौँ-धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ ।
झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ ।
स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् ।
कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु तीन करोड ९४ लाख २३ हजार २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको रु एक करोड ५६ लाख ४५ हजार ७७५, एभरेष्ट बैङ्कको रु एक करोड ४६ लाख ४६ हजार ४३५, नबिल बैङ्कको रु एक करोड २४ लाख ७४ हजार १२५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर रु ९२ लाखमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम–१ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्क ५.०७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८२, गुडविल फाइनान्स ४.५८ र हिमालयन डिष्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए ।
यस्तै सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.७६, रिलायन्स फाइनान्स ५.०४, नेशनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।
सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस