काठमाडौं – चालू आर्थिक वर्ष २०७६/०७७ को साढे ३ महिनामा पुँजीगत खर्च जम्मा ५.३८ प्रतिशत मात्रै भएको छ ।
सरकारले पुँजीगत खर्च बढाउने भनेपनि अहिलेसम्मको अवस्थामा हेर्दा यो खर्च सन्तोषजनक देखिएको छैन । आर्थिक वर्षको सुरुदेखि नै अपेक्षाकृत रुपमा पुँजीगत खर्च नहुँदा आव सकिन लाग्दा बढी खर्च हुने गर्दै आएको छ ।
आवको सुरुदेखि नै पुँजीगत खर्च अपेक्षाकृत रुपमा नहुने हुँदा अन्तिममा आर्थिक अनुशासनमा समेत समस्या देखिने गरेको छ ।
सरकारले चालू आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्चको लागि विनियोजन गरेको थियो । उक्त बजेटमध्ये कात्तिक १८ गतेसम्म ५.३८ प्रतिशत अर्थात २२ अर्ब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारको पुँजीगत खर्च ५.३८ प्रतिशत हुँदा चालु खर्च भने झण्डै ४ गुणा बढी भएको छ । अर्थात १८ गतेसम्म आईपुग्दा सरकारको चालु खर्च १ खर्ब ७४ अर्ब ३० करोड ४० लाख रुपैयाँ खर्च भइसकेको छ । चालु आवको बजेटमा चालु खर्चको लागि भन्दै ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २.४० प्रतिशत बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापनका लागि सरकारले १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारको कात्तिक १८ गतेसम्म आउँदा राजस्व संकलन १९.१९ प्रतिशत मात्रै गरेको छ । सोमबारसम्म सरकारले जम्मा २ खर्ब १३ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवको सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस