• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 09, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  विज्ञान / प्रविधि

गए डोकामा पानी बोक्ने दुःख

८ मंसिर २०७६, आईतवार १३:२२ मा प्रकाशित (2 हप्ता अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
हटपाटी संवाददाता

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्याे । गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो ।

“उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,” आलेले भने , “घरबाट तीन घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिन ।” तर, अहिले घरमै खानेपानी धारा जडान भएपछि भने आलेको दैनिकी बदलिएको छ । खानेपानी व्यवस्था गर्न डोको बोकेर तीन घण्टा हिँड्नुपर्ने दुःखको दिन अब आलेलाई छैन । घरमै भएको धारा खोलेपछि पानी आएको देख्दा आलेलाई सपना जस्तै लागेको छ । “घरमै पानी आउला र जस्तो लाग्थ्यो,” आलेले भने , “घरमै धारा जडान भएपछि साह्रै खुशी लागेको छ ।”

घरमा खानेपानी धारा जडानपछि सोही ठाउँका ५८ वर्षीया सिरमाया थापाको मुहारमा पनि खुशी छाएको छ । खानेपानीको अभावले बिहानै कुवामा पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था अन्त्य भएपछि थापाले भने , “खानेपानीका लागि जे जस्तो दुःख गरियो, अब त्यस्तो दुःखको दिन नआओस् ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत डाँडाखुदी गैह्राखुदी खानेपानी आयोजना निर्माणपछि यहाँका स्थानीयवासी हर्षित छन् । नेपाल सरकारको रु ५९ लाख ९२ हजार र स्थानीय उपभोक्ताको रु १३ लाख ८० हजार गरी कूल रु ७३ लाख ७२ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

आर्थिक वर्ष २०७०÷७१ मा डिपिआर भएको उक्त आयोजना २०७१÷७२ मा निर्माणको चरणमा गएको थियो । आयोजनाको डिपिआर तयार गर्दा रु ९९ लाख ९६ हजार १२० लागत लाग्ने अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनामार्फत ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा खानेपानी सुविधा पुगेको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिए । रानाका अनुसार घरघरमै धारा जडान भएपछि स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको बताए । रानाले भने , “खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीलाई खानेपानीको सुविधासँगै करेसाबारीमा पनि पानी प्रयोग गर्न पुगेको छ ।”

दीपक निम्न माविका शिक्षक देवबहादुर थापाले विद्यालयमा धारा जडानपछि विद्यार्थीलाई खानेपानी सहज भएको जानकारी दिए । खानेपानी सुविधा नहुँदासम्म शिक्षकहरुले नै डोकोमा बोकेर विद्यालयमा खानेपानी व्यवस्था गर्दै आएका थिए । विद्यालयका पूर्वप्रधानाध्यापक एवं स्थानीयवासी डम्बरसिंह थापाले सपनामा पनि डोको बोकेको देख्ने यहाँका स्थानीयवासीलाई खानेपानी सुविधा आएपछि यस्तो दिन पनि आउँछ र भन्ने लागेको बताए ।

‘लिफ्ट’ प्रविधिमा आधारित उक्त खानेपानी आयोजनाका लागि २० हजार लिटर क्षमताको दुईवटा ट्याङ्की निर्माण गरिएको छ । ७५० मिटर प्रसारण लाइन रहेको आयोजनाको उचाइ मुहानदेखि पानी ट्याङ्कीसम्म १५० मिटर रहेको छ भने वितरण लाइन चार हजार १५० मिटर रहेको छ । यस प्रविधिमा आधारित खानेपानी आयोजना भएकाले मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिमिल्सिनाले बताए । “अब यसको सम्पूर्ण जिम्मेवारी उपभोक्तामा गएको छ,” तिमिल्सिनाले भने , “आयोजना दिगो रुपमा सञ्चालन गर्न कोष खडा गर्नुपर्ने हुन्छ ।”

विज्ञान / प्रविधि बाट थप

  • बिजुलीबाट तीन सय घरधुरी लाभान्वित
  • प्रयोगमा आएन कम्प्युटर
  • देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा
  • एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपाले वामदेवलाई उपाध्यक्ष बनाउने बाटाे बनायाे

    ठीक एक वर्षमा नेकपाकाे सचिवालय बैठक बाेलाइयाे

    अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहामा प्रदर्शन, प्रहरीसँग झडप

    १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण,सात खेलाडीको उपचार हुँदै

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    कालापानी र लिपुलेक फिर्ता गराउन प्रयास भैरहेको छ-उपप्रधानमन्त्री पोखरेल

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    हटपाटी संवाददाता

    भ्यागुते तथा चरचरे रोगविरुद्ध खोप

    हटपाटी संवाददाता

    विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध र्याली

    हटपाटी संवाददाता

    भारतीयले पानी नछाड्दा गहुँ प्रभावित

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    रावलपिन्डी- श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा...  विस्तृतमा

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    एजेन्सी

    उत्तर कोरियाली महिलामाथी लैङ्गिक विभेदको शिकार

    एजेन्सी

    कोरियामा विवाह गर्ने युवालाई आर्थिक अनुदान

    एजेन्सी

    चीन–अमेरिका व्यापार खुम्चियो

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑