• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 09, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  समाचार

कुन सडकमा कसले ढल निर्माण गर्ने !

१६ मंसिर २०७६, सोमबार १६:२३ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : २ मिनेट
हटपाटी संवाददाता

काठमाडौँ– ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय ? यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् । नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी तथा सरफाइ मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवाप्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन् । ढल नभएका स्थानमा फोहर पानी सडकमा नै बग्ने हुँदा दुर्गन्ध फैलिएको छ । धेरै वर्षदेखि वर्षाको पानीको निकास नहुँदा ललितपुरको कुमारीपाटी पूरै डुबानमा पर्दै आएको छ । त्यो नियति धेरै वर्षदेखि दोहोरिएको स्थानीयवासी अनुप श्रेष्ठले बताए । सडकमा रहेको पानी निकास नहुँदा त्यहाँ रहेका पसल र घर डुबानमा परेको उनले बताए । स्थानीयवासी समस्या तत्काल समाधानको माग गर्दै महनगरपालिका पुगे । महानगरपालिकाले भने खानेपानी तथा ढल व्यवस्थापन विभाग पठाएको थियो । उनले भने , “ढल बनाउने र समस्या आउँदा खोल्ने कसले भन्नेमा नै हामी अन्योलमा छौँ ।”

ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । ढल निर्माणका काममा तीनै मन्त्रालयले काम गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी तथा सरसफाइ मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा गाली यही मन्त्रालयले पाउने गरेको उनले बताए । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उनले भने , “पहिले सबैले पैसा छुट्टाएर निर्माण गरे पनि समस्या आएपछि भने खानेपानी मन्त्रालय नै खोज्ने अवस्था छ ।”

ढल निर्माणमा दक्ष जनशक्ति एकातिर हुने र काम अर्काे निकायले गर्ने भइरहेको प्रवक्ता शाक्यको भनाइ छ । ढलसम्बन्धी ज्ञान भएको प्राविधिक जनशक्ति आफ्नो मन्त्रालयमा भए पनि दक्षता भएका जनशक्ति नभएका निकायले निर्माण गर्दा समस्या आउने गरेको उनको भनाइ छ । उनले भने , “हाम्रो मन्त्रालयमा रहेका सरसफाइसम्बन्धी विज्ञको पनि विज्ञताको प्रयोग हुन खाँचो छ ।”

कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटरसम्म सङ्घीय सरकार र प्रदेश सरकारले र त्यसभन्दा कम चौडाइको सडक स्थानीय सरकारले निर्माण गर्ने उल्लेख छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको काठमाडौँ महानगरपालिाकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार त्यससम्बन्धी व्यवस्था नै नभए पनि सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएको छ । महानगरपालिकाले निर्माण गरेको ढल त्यहाँ रहेका वडाले मर्मत गरिरहेको उनले बताए । महानगरपालिकामा झण्डै ८० प्रतिशत स्थानमा ढल निर्माण भइसकेको उनले जिकिर गरे । उनले भने , “बाँकी रहेका स्थानमा पनि ढल निर्माण गर्दै जाने योजना छ ।”

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्नै र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । पानीको ब्यबस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

समाचार बाट थप

  • औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड
  • दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज
  • भ्यागुते तथा चरचरे रोगविरुद्ध खोप
  • विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध र्याली
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपाले वामदेवलाई उपाध्यक्ष बनाउने बाटाे बनायाे

    ठीक एक वर्षमा नेकपाकाे सचिवालय बैठक बाेलाइयाे

    अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

    गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहामा प्रदर्शन, प्रहरीसँग झडप

    १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण,सात खेलाडीको उपचार हुँदै

    भक्तपुरको सडक अनुगमन गर्दै सांसद बस्नेतले भने – ‘विकासमा दिगो र स्थायीत्वलाई जोड दिऔं’

    कालापानी र लिपुलेक फिर्ता गराउन प्रयास भैरहेको छ-उपप्रधानमन्त्री पोखरेल

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन जोड

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    हटपाटी संवाददाता

    भ्यागुते तथा चरचरे रोगविरुद्ध खोप

    हटपाटी संवाददाता

    विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध र्याली

    हटपाटी संवाददाता

    भारतीयले पानी नछाड्दा गहुँ प्रभावित

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

    रावलपिन्डी- श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा...  विस्तृतमा

    एजेन्सी

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

    एजेन्सी

    उत्तर कोरियाली महिलामाथी लैङ्गिक विभेदको शिकार

    एजेन्सी

    कोरियामा विवाह गर्ने युवालाई आर्थिक अनुदान

    एजेन्सी

    चीन–अमेरिका व्यापार खुम्चियो

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑