रेडिमेट रुपमा तयार बनाइएका खाद्य पदार्थले यौन क्षमतामा नकारात्मक असर गर्ने जोखिम हुन्छ। त्यति मात्रै हैन कतिपय यस्ता भाँडा हुन्छन्, जसमा हालेर कुनै खाद्यपदार्थ खाँदा त्यसले पनि यौन क्षमतामा नकारात्मक असर गर्छ।
१-प्लास्टिकका भाँडामा नखाऔँ
प्लास्टिकका बोटलमा पानी, चिया, कफीका साथै अरु खाद्यपदार्थ पनि प्लास्टिकका भाँडामा राखेर खाइन्छ। प्लास्टिकका भाँडामा खाइने खानाले हामीले थाहै नपाई स्वास्थ्यमा त गम्भीर असर गर्ने जोखिम हुन्छ नै यौनजीवनमा समेत असर गर्छ।
प्लास्टिकका भाँडामा ‘बिस्फेनोल’ नामक रासायनिक तत्व मिसिएको हुन्छ। यस किसिमको रासायनिक तत्वले पुरुष–महिलाको यौनजीवनमा नकारात्मक असर पर्छ। यस्ता तत्व मिसिएका प्लास्टिकका भाँडामा कुनै खाद्य पदार्थ नियमित खानाले पुरुषको शुक्रकिटको संख्या कम हुन्छ। शुक्रकिटको संख्या नै कम उत्पादन हुने भएकाले पुरुषमा कामोत्तेजना कम हुन्छ। जसको कारण यौन जोडीकै यौनजीवन खल्लो र निरस हुने जोखिम हुन्छ।
प्लास्टिकका भाँडामा नियमित खानाले महिलामा बाँझोपनको जोखिम त्यत्तिकै हुन्छ। महिलाको शरीरमा प्लास्टिकमा हुने ‘बिस्फेनोल’ रासायनिक तत्वको तह बढी हुँदा जीवित डिम्भ उत्पादन कम हुने जोखिम हुन्छ।
सामान्य अवस्थामा महिलाको लाखौँ डिम्भ उत्पादन हुने भए पनि सबै परिपक्व हुन्छन् भन्ने छैन। लाखौँ डिम्भमध्ये निशेचित हुने डिम्भ कम परिपक्व हुन सक्छन्। त्यसमाथि यस्ता रासायनिक तत्वको असरले डिम्भ नै कम उत्पादन भएको अवस्थामा डिम्भ परिपक्व हुने संख्या पनि कम हुन्छ।
‘बिस्फेनोल’ तत्वले शुक्रकिट र डिम्भको निस्कासनमा समस्या पर्ने मात्रै हैन यस तत्वले शरीरका अन्य अंगमा अर्बुद (क्यान्सर) निम्त्याउने जोखिम त्यत्तिकै हुन्छ। क्यान्सरै भएपछि त यौन जीवनमा असर गर्ने नै भयो। त्यसैले सकेसम्म प्रशोधित खाद्यपदार्थ तथा पेय पदार्थ र पानी प्लास्टिकको भाँडामा नखानु नै उपयुक्त हुन्छ।
२-बट्टाको खाना नखाऔं
बट्टाभित्र प्याकिङ गरेका खाद्यपदार्थले यौन जीवनमा असर गर्ने जोखिम हुन्छ। बट्टामा खान तयारी अवस्थामा राखिएका माछा, अचार, ड्राइ मिटलगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थले स्वास्थ्यमा त असर गर्छन् नै। स्वास्थ्यमा असर गरेपछि यौनजीवनमा नकारात्मक असर नपर्ने कुरै भएन।
बट्टामा प्याकिङ गरेर तयारी अवस्थामा पाइने यस्ता खाद्यपदार्थ सामान्यतः अत्यधिक तापक्रम दिएर तयार गरिन्छ। यस्ता खाद्यपदार्थ तुलनात्मक रुपमा बढी समय लगाई पकाएर तयार गरिन्छ।
यसरी बट्टामा रेडिमेटरुपमा पाइने खाद्यपदार्थमा कुहिन र बिग्रनबाट बचाउने बचावटी (प्रिजरभेटिभ) रासायनिक तत्व मिसाइन्छ। यस्ता रेडिमेट खाद्यपदार्थ बढी तापक्रममा पकाउने हुँदा एक त खाद्य तत्वको पोषण तत्व नष्ट हुन्छ भने अर्कोतर्फ कुहिनबाट बचावट गर्ने रासायनिक तत्वको प्रयोगले शारीरिक, मानसिक मात्रै हैन यौनमा समेत नकारात्मक असर गर्छ।
३-औषधिको प्रयोग
आधुनिक युगमा जीवन र औषधि सँग–सँगै जाने अवस्था छ। आधुनिक जीवनशैलीसँगै औषधिको प्रयोग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। विशेषगरी मानसिक समस्या, मुटुरोग, मृगौला असफलताको रोग (किड्नी फेलियर), मृगौला प्रत्यारोपण, उच्च रक्तचाप, खुला मुटु शल्यक्रिया (ओपन हार्ट सर्जरी), कलेजो प्रत्यारोपणजस्ता रोगमा नियमित औषधि सेवन गर्नुपर्ने अवस्था आउँछ।
विशेषगरी यस्ता कडा किसिमका रोगका कडा औषधिले यौन उत्तेजना र यौन सम्पर्कको त टाढाको कुरा भयो यौन इच्छा तथा चाहना नै नहुने अवस्था हुन्छ। यस्तो अवस्थामा यौन इच्छा तथा चाहना हुनु भनेको त शौभाग्य हो। यस्ता विभिन्न किसिमका रोगमा प्रयोग गरिने औषधिले अधिकांश यौन क्रिडाजन्य र सहायक हर्मनको उत्पादनमा नकारात्मक प्रभाव पर्छ। यौन हर्मनै उत्पादन नभएर निष्कासन हुन नपाएपछि यौन उत्तेजना हुने कुरै भएन। यौन उत्तेजना नभएपछि यौन सम्पर्क सम्भव हुँदैन। त्यसैले जथाभावी रुपमा औषधिको सेवन गर्नु हुँदैन। कुनै पनि किसिमका औषधिको सेवन गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ । नत्र एक त जथाभावी प्रयोग गरिएको औषधिको साइड इफेक्टले शारीरिक तथा मानसिक रुपमा असर गर्न सक्छ भने अर्को यौन जीवन नै सुखमय हैन, पीडादायी हुन सक्छ।
४-कफीको असर
आवश्यक मात्राभन्दा धेरै कफी पिउनाले यौन उत्तेजना आउनुको साटो घट्छ। सामान्यतः दैनिक चार कपभन्दा बढी कफी पिउनु हुन्न। बढी कफी पिउनाले मस्तिष्क बढी उत्तेजित भई उदासिनता ल्याउँछ। जसले व्यक्तिमा यौन शक्ति क्षण भई यौन सम्पर्क गर्नै नसक्ने अवस्थामा पु¥याउन सक्छ। त्यसैले यौन उत्तेजना बढाउने नाममा आवश्यक मात्राभन्दा बढी कफी नपिएकै राम्रो।
महिलाको सेक्स पावरसमेत मापन गरेको पाइन्छ। मनोवैज्ञानिक मापन अनुसार महिलाको सेक्स पावरको पूर्णाङ्क ३६ मानिन्छ। अध्ययनअनुसार महिलाको सेक्स पावर २६ वा सो भन्दा तल भएको अवस्थामा त्यस्ता महिलाको यौन जीवन सुखमय हुँदैन।
सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
सहायक सम्पादक सुर्य चन्द
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस