काठमाडाैं-यस वर्ष बक्सअफिसमा नचलेका फिल्मको सूचीमा अभिनेत्री स्वस्तिमा खड्काको पनि दुई फिल्म परेका छन् । गत वर्ष ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिबलमा जुरीतर्फ उत्कृष्ट अभिनेत्री र सर्वोत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाट सम्मानित भएकी उनको यस वर्षको साउन र कात्तिकमा दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ प्रदर्शनमा आएका थिए ।
तर, यी दुबै फिल्मले न दर्शकलाई सन्तुष्ट बनाउन सके न त नाफाको व्यापार गर्न नै । यी दुई फिल्ममा उनको अभिनय पनि रुचाइएन । यही स्तरको फिल्म, चरित्र र अभिनयले राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीको साख नजोगिने समीक्षकको टिप्पणी छ । ‘बुलबुल’ पछि उनले आफूमा चुनौती र जिम्मेवारी थपिएको रटान लगाइरहे पनि त्यो ब्यबहारमा भने पिटिक्कै देखिएको छैन ।
२ महिनाको अन्तरमा २ सुपर फ्लप फिल्म दिएकी उनी अब यस वर्षको अन्तिममा फिल्म ‘चपली हाइट ३’ लिएर आउँदैछिन् । यो फिल्म चैत २८ गते फिल्म ‘प्रेमगीत ३’ सँग भिड्दैछ । यो फिल्म उनका लागि समीक्षात्मक र व्यापारिक दुबै रुपमा सफल हुन आवश्यक छ । यदी यसो हुन नसके उनले यस वर्ष फ्लप फिल्ममा ह्याट्रिक गर्नेछिन् । भने, आलोचनाको पनि शिकार हुनुपर्नेछ ।
पहिलो पटक सस्पेन्स-थ्रिलर फिल्ममा काम गरेकी उनी ‘चपली हाइट ३’ मा आफ्नो भूमिका विल्कुलै फरक नभए पनि दर्शकलाई मनपर्नेमा विश्वस्त छिन् । निकेश खड्काको निर्देशन रहेको फिल्ममा प्रायः नयाँ अनुहारको अभिनय भएका कारण उनी एक्लैको काँधमा फिल्म बोकेर चलाउनु पर्ने चुनौती छ । यो फिल्मले स्वस्तिमालाई एकै वर्ष फ्लप फिल्ममा ह्याट्रिक गर्नबाट बचाउला त ?
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस