काठमाडाैं-नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको तथ्यांक छ।
मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। बिचौलियाका कारण छिमेकी भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि नेपाली व्यापारीको आँखा चिनियाँ प्याजमा परेको हो।
राजधानी काठमाडौंबाट तीन हजार पाँच सय किलोमिटर टाढा दुरीमा रहेका चीनका विभिन्न सहर पुगेर व्यापारीले प्याज आयात गरिरहेका छन्।
बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले नेपाली बजारमा अभाव देखिन थालेदेखि नै चिनियाँ प्याजको आयात बढेको बताए। ‘मंसिर लागेदेखि नै चीनबाट आयात हुने प्याजको आयात परिमाण ह्वात्तै बढेको हो,’ उनले भने।
नाकाबाट दैनिक औसतमा १० कन्टेनर (एक सय टन) चिनियाँ प्याज राजधानी आयात भइरहेको ओलीले जानकारी दिए। यसअघि गत जेठ १५ गतेबाट नाका सञ्चालनमा आएयता सातामा दुई–चार कन्टेनर मात्र प्याज आयात हुन्थ्यो।
तीन साताबीचमा नाकाबाट एकै दिन दुई सय ५० टन (२५ कन्टेनर) सम्म चिनियाँ प्याज आयात भएको भन्सारको तथ्यांक छ। नाकाबाट दैनिक भित्रने सामग्रीको दुई तिहाइ हिस्सा चिनियाँ कृषिजन्य उत्पादनले ओगट्दा प्याजले एक तिहाइ स्थान लिइरहेको छ। नाकाबाट यतिबेला दैनिक ३५ कन्टेनरसम्म चिनियाँ सामग्री आयात भइरहेको तथ्यांक छ।
आयातको पहिलो हिस्सा भने चिनियाँ स्याउ रहेको छ। सिजन सकिँन लाग्दा पनि नाकाबाट दैनिक १५ कन्टेनर (डेढ सय टन) सम्म स्याउको आयात भइरहेको भन्सारले जनाएको छ।
दक्षिणी नाकामा गडबडी उत्पन्न भएर आयात प्रभावित हुँदा होस् या सिजनमा सस्तो पर्दा बिकल्पमा चिनियाँ सामग्रीले नेपाली बजार लिने गरेको छ। दसैं, तिहार लगायत गएको चाडबाडको सिजन सस्तोका कारण नेपाली र भारतीय छोडेर चिनियाँ स्याउमा नेपाली उपभोक्ताको आकर्षण बढेको थियो। अभाव भएकै कारण अहिले नेपाली बजार चिनियाँ प्याजले ओगटी रहेको छ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस