डोटी– जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ ।
कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा भूषण मिश्रको समायोजनामा काठमाडौँ सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ ।
यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खार खोप केन्द्रमा मङ्गलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएपछि बालकको शव परीक्षण गर्न शव जिल्ला अस्पतालमा ल्याइयो तर यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा परिवारले शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगे पनि त्यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा अन्ततः धनगढी लगेर परीक्षण गर्नुपर्यो ।
“एकातिर छोरो मरेको पिडा अर्को तिर डाक्टर नहुँदा जिल्लामा शव परीक्षण हुँन नसक्दा निकै दुःख भयो,” मृतकका ठूलाबुबा हेमप्रकाश मल्लले भने , “जिउँदो छन्जेल त उपचार गर्न सकेनन, मरेपछि पनि कस्तो पिडा दिएको होला ?” उनको मात्र होइन जिल्लामा शव परीक्षण गर्ने डाक्टर नहुँदा यहाँका स्थानीयले यस्तो समस्या झेल्दै आएका दिपायल पिपल्लाका ध्वजबहादुर देउवाले बताए ।
जिल्ला अस्पताल व्यवस्थापन समितिले शव परीक्षण गर्ने डाक्टर ल्याउने तयारी भइरहेको जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जिल्ला अस्पतालमा शव परीक्षण गर्ने डाक्टरदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताए ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस