काठमाडाैं -सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रस्तुत नगरेको भन्दै महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले बहिष्कार गरेको केन्द्रीय कार्यसमिति बैठकले तीनवटा निर्णय गरेको छ ।
महामन्त्री शशांकले बहिष्कार गर्दा अर्का महामन्त्री पूर्णबहादुर खड्का पनि बैठकमा अनुपस्थित थिए । महामन्त्रीद्वय नभएपछि बैठकमा नेता प्रकाश शरण महतले तीनवटा एजेण्डा पेश गरे । जसमा पहिलो थियो– संघीयताको मर्मअनुसार स्थानीय तहका पार्टी समितिको गठन । कांग्रेसले निर्वाचन समितिलाई संघीय संरचनाबमोजिम पार्टीका स्थानीय तहको तदर्थ समितिको रिपोर्ट कात्तिक मसान्तसम्ममा दिनुपर्ने भनेको थियो ।
तर, उसले समयमा दिएन । र, पार्टीले पुनः २५ मंसिरसम्ममा ल्याउन दोस्रो पटक निर्देशन दियो । सो समयमा पनि समितिका संयोजक राधेश्याम अधिकारीले प्रतिवेदन नदिएपछि बैठकले चाँडो पेश गर्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले भर्खरै सम्पन्न साग गेममा सफलता प्राप्त गर्ने खेलाडीलाई बधाई दिने निर्णय गर्दै सागमा सरकारले व्यवस्थापकीय कमजोरी गरेको भन्दै आगामी दिनमा यस्तो गल्ती नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्याे ।
बैठकले पार्टीका नेता कार्यकर्तालाई सरकारले धमाधम झुटा मुद्दा लगाएको भन्दै यस्तो कार्य बन्द गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्याे ।
कांग्रेस नेता मोहम्मद अफ्ताव आलमविरुद्ध सामूहिक हत्या अभियोगमा मुद्दा दर्ता भएपछि कांग्रेसले यसलाई कार्यकर्ता फसाइएको रूपमा व्याख्या गर्दै आएको छ ।
बहुमतका आधारमा बनाइएका विभागहरूः
१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. आर्थिक नीति तथा योजना विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९. संसदीय मामिला विभागः
१०. संवैधानिक तथा कानुन विभाग
११. स्थानीय तह समन्वय विभाग
१२. महिला विभाग
१३. तरुण विभाग
१४. विद्यार्थी विभाग
१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६. पेशागत तथा बुद्धिजीवि विभाग
१७. शिक्षा विभाग
१८. स्वास्थ्य विभाग
१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०. उद्योग व्यापार विभाग
२१. पर्यटन विभाग
२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३. कृषि तथा किसान विभाग
२४. आदिवासी जनजाती विभाग
२५. खेलकुद विभाग
२६. प्राकृतिक श्रोत विभाग
२७. साहित्य, कला तथा संस्कृति विभाग
२८. श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०. दलित विभाग
३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२. मुस्लिम विभाग
३३. वन तथा वातावरण विभाग
३४. तराई मधेश विभाग
३५. वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६. पिछडिएको क्षेत्र समन्वय विभाग
३७. विज्ञान तथा प्रविधि विभाग
३८. भू.पू. सैनिक विभाग
३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस