hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 17, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीन निर्यात हुने

२८ मंसिर २०७६, शनिबार १३:५३ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin
तोलाकान्त बगाले

वालिङ-स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिकाबारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका सञ्चालक समिति संयोजक बोधराज अर्यालले बताए ।

‘स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भए पनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन’, उनले भने , ‘सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएको छ, चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा अप्ठ्यारा बुँदामा परिमार्जन गरेर पुनः सम्झौता भएको छ ।’

सुन्तला निर्यात गर्ने सम्बन्धमा चिनियाँ पक्षले केही शर्त राखेको छ । ती शर्त पूरा गरेपछि मात्रै स्याङ्जाको सुन्तला निर्यात हुने अवस्था आउने भएकाले सुन्तलामा लाग्ने रोग किरा तथा गुणस्तरमा ध्यान दिनु जरुरी रहेको संयोजक अर्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइअन्तर्गत स्याङ्जाका सुन्तला पकेट क्षेत्र रहेका स्थानीय तहका प्रमुख, वडाध्यक्ष एवं सरोकारवालासँग सुन्तलालाई रोग तथा किरामुक्त बनाउने र गुणस्तरयुक्त बनाउनका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइका कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले बताए ।

‘चिनियाँ पक्षले पाँच वटा किरा तथा दुई वटा रोग फ्रि हुनुपर्ने शर्त राखेको छ’, कार्यालय प्रमुख श्रेष्ठले भने , ‘चिनियाँ पक्षले राखेको शर्त हामीले पूरा गरेपछि मात्रै यहाँको सुन्तला चीन निर्यात हुने भएकाले स्थानीय तहसँग सहयोग तथा प्रतिबद्धताका लागि छलफल गरेका हौँ ।’ सुन्तलामा देखिएका रोग तथा किरा नियन्त्रणका लागि अहिले भएका कतिपय बोट हटाएर नयाँ लगाउनुपर्ने भएकाले पनि यो कार्यक्रम लागू भएका ठाउँमा स्थानीय तहले आर्थिक तथा अन्य आवश्यक सहयोग गर्नुपर्ने भएकाले सम्बन्धित स्थानीय तहसँग छलफल गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

स्याङ्जालाई विशेष गरी सुन्तलाका क्षेत्रमा कार्य गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइअन्तर्गत सुन्तला सुपरजोनका रुपमा घोषणा भएपश्चात् अझ बढी व्यावसायिकता थपिँदै गएको छ । विसं २०७३÷०७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो भने चालू आर्थिक वर्ष २०७५÷०७६ को शुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको हो ।

स्याङ्जाका विभिन्न स्थानीय तहका १७ वडामा कूल एक हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा निर्माण गरिएको छ । जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नं १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नं ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंं १ र २ गरी कूल १७ वडामा सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ ।

नेपाल र चिनियाँ पक्षबीच स्याङ्जाको सुन्तला चीन निर्यात गर्ने भन्ने सम्झौता भए पनि गुणस्तरीयताका कारण निर्यात हुन नसकिरहेको अवस्थामा गुणस्तरमा जोड दिनका लागि अपनाउन सकिने उपायका बारेमा सरोकारवालासँगको छलफल उपयोगी भएको कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले बताए ।

सुन्तलामा देखिने ग्रिनिङ तथा अन्य रोग किरा नियन्त्रण, रोगी बोट नष्ट गरी नयाँ र गुणस्तरीय बेर्ना लगाउने, निगरानी, नियमन गर्ने, सुन्तला बगैँचा व्यवस्थापन, सुन्तला भण्डारणका लागि उचित तापक्रम व्यवस्थापन, उपचारका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिएको ज्ञानकेन्द्र प्रमुख अधिकारीले बताए ।

  • #चीन निर्यात
  • #सिन्धुलीको जुनार
  • #स्याङ्जाको सुन्तला
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्नेआरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने
  • ब्यापार घाटा बढ्योब्यापार घाटा बढ्यो
  • औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदैऔद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै
  • ‘सहकार्यले मात्र सरकार सफल हुन्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल‘सहकार्यले मात्र सरकार सफल हुन्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    अझै अलमलमा जसपा

    अझै अलमलमा जसपा

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    आगलागी पीडितको पालमुनी बास !

    आगलागी पीडितको पालमुनी बास !

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार...  विस्तृतमा

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑