काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको आईतबार बेलुका करिब १०:३० बजे ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ । अध्यक्ष भट्टराई बेलुका मन्त्रालयको भेटघाट सकेर साँझ ७ बजे चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्माता वितरक नरेन्द्र महर्जनको घर किर्तीपुरमा पारिवारिक भेटघाटका लागि गएका थिए । सो भेटघाट सकेर बेलुका ९ बजेतिर घर फर्कने क्रममा बाटोमा अध्यक्ष भट्टराईलाई अप्ठेरो महसुस भयो । त्यसपछि उनका ड्राईभर र छोराले अस्पताल लैजाने क्रममा ओम अस्पताल चावहिल पुर्याउँदै गर्दा बाटोमै निधन भएको हो ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले अध्यक्ष भट्टराईलाई अस्पताल ल्याउँदा निधन भईसकेको बताएका छन् । अस्पताल ल्याउनु अघि नै उहाँको निधन भईसकेको परीक्षणमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
बिगत डेढ दशकदेखि उच्च रक्तचापको औषधी सेवन गर्दै आएका अध्यक्ष भट्टराईको निधन हृदयघातका कारण हुनेसक्ने अनुमान परिवारको छ । चिसोमा उच्च रक्तचापले दुःख दिने भएकाले उच्च रक्तचापको अनुमान गरिएको हो । भट्टराईको पार्थिव शरीरलाई आईसमा राख्न त्रिविवि शिक्षण अस्पतालमा आईतबार राती २ बजेपछि लागिएको छ ।
दिवँगत भट्टराईको परिवारमा श्रीमती र एक छोरा छन् । २०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । सफल नेपाली चलचित्र आफन्त, आफ्नो मान्छेका निर्माता भट्टराईले पहुना, छोडी गए पाप लाग्ला, सो सिम्पाल, ब्रास्लेट, यात्रा जस्ता चलचित्र निर्माण गरेका थिए । बिगत ८ महिनादेखि चलचित्र विकाश बोर्डका अध्यक्ष रहेको भट्टराई यस अघि नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष थिए ।
नेपाल विधुत प्राधिकरणमा दुई दशक भन्दा लामो सेवा गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि ८ महिना अघि प्राधिकरणबाट अबकास लिएका थिए । उनी अहिले राष्ट्रिय चलचित्र ऐनको निर्माणमा सक्रिए थिए । आगामी माघको अन्तिम साता भैरहवामा आयोजना गरिने राष्ट्रिय चलचित्र महोत्सब, चलचित्र सँग्राहलय भवन निर्माण र सँग्राहलय स्थापना, चलचित्र छायाँकनका भक्तपुरमा इन्डोर छायाँकन स्टुडियो सहित विभिन्न योजनामा व्यस्त थिए । बरिष्ट कलाकार केशब भट्टराई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस