hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 17, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

निर्धारित समयअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्धार सकियो

१ पुष २०७६, मंगलवार २२:०७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीणोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिनाअघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफल रुपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन योग्य भएको छ ।

विमानस्थल जीर्णाेद्धारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले आज औपचारिक रुपमा आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । कर्पोरेशनका उपाध्यक्ष युन कोजिहाले प्राधिकरणका महानिर्देशकलाई उक्त आयोजना हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत विमानस्थल जीर्णोद्धार गरिएको हो । धावनमार्ग स्तरोन्नतिका लागि प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनसँग मूल्य अभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा सम्झौता गरेको थियो । अहिले एयरफिल्ड लाइटको कामबाहेक सबै काम सकिएको छ । लाइटको काम पनि बढीमा पाँच दिनभित्र सकिने आयोजनाले जनाएको छ ।

विमानस्थलको जीर्णोद्धारको दोस्रो चरणको काम गत भदौ १५ देखि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको थियो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । उक्त अवधिमा रातको १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सफलतापूर्वक सम्पन्न भई अब दैनिक २१ घण्टा सञ्चालन योग्य भएको बताएका छन् । सन् २०२० को जनवरी १ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ । महाप्रबन्धक केसीले विमानस्थल अहिले नै २१ घण्टा सञ्चालनमा आउने भए पनि सम्बन्धित एयरलाइन्सले तयारी गर्नुपर्ने भएकाले उडान मिति जनवरी १ लाई निर्धारण गरिएको उल्लेख गरे ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न पूर्णरुपले सक्षम भएको जानकारी गराउन पाउँदा हर्षको अनुभूति भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले बताएका छन् । “हुन त हामी करिब नौ महिनाअघि पनि यसैगरी यहीँ ठाउँमा भेला भएका थियौँ । तर त्यतिखेर हामीमाझ अनेकौँ चुनौतीका पहाड थिए । विमानस्थलको जीर्णोद्धारको थालनी गर्नु कम चुनौतीपूर्ण थिएन । यति ठूलो परियोजना, काममा आइपर्ने विभिन्न कठिनाइ, विमानस्थल पूर्णरुपमा बन्द गरेर काम गर्नुपर्ने तमाम कठिनाइका बाबजुद पनि हामीले निर्धारित समयभन्दा करिब तीन महिनाअघि नै जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेका छौँ”, उनले भने ।

सात दशकदेखि सञ्चालनमा आएको यो विमानस्थल केवल विमानस्थलमात्र नभई नेपालको लाइफलाइन पनि हो । यसबीचमा धावनमार्गले पनि धेरै उतारचढाव व्यहोरेको छ । सन् १९९७ मा विमानस्थलको धावनमार्गलाई स्तरीकरण गर्दै तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनाएपछि यहाँ १९ सिट क्षमताका विमानदेखि बोइङ ७७७ जस्ता ठूला जहाज उडान र अवतरण हुँदै आएका छन् ।

सन् २००९ देखि २०११ सम्ममा विमानस्थलको धावनमार्गको ओभरले गरिएको थियो । सन् २०१३ देखि यसमा कतै पिच उप्किने समस्या देखिन थाल्यो । सन् २०१५ को गोरखा भूकम्पपछि धावनमार्गको भित्री तहमा समस्या आएको धावनमार्ग पूरै कालोपत्र गर्न विज्ञहरुले सुझाए पनि सरकारले विमानस्थलको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निर्धारित समयअघि नै विमानस्थल जीर्णोद्धारको काम सफलतापूर्वक सम्पन्न भएको र यसले ठूला आयोजना पनि इच्छाशक्ति भए समयभित्रै सम्पन्न हुन्छन् सफल उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रन वे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रन वे जोड्ने लिङ्क रोड निर्माणलगायतको काम भएको थियो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किँदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रन वे रिह्याब’ गर्ने योजना बनाएको थियो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • दमकलविहीन आठ पालिकादमकलविहीन आठ पालिका
  • मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरणमेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण
  • माटो खन्दा सिमकोट विमानस्थल जोखिममामाटो खन्दा सिमकोट विमानस्थल जोखिममा
  • रुरु हाइड्रोको आइपिओ बाँडफाँटरुरु हाइड्रोको आइपिओ बाँडफाँट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    पानी पर्दा किसान खुशी : डढेलो पनि निभ्यो

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    आज वि.सं.२०७८ साल बैसाख ०४ गते शनिबारको राशिफल

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    अझै अलमलमा जसपा

    अझै अलमलमा जसपा

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    रुरु हाइड्रोको आइपिओ बाँडफाँट

    आगलागी पीडितको पालमुनी बास !

    आगलागी पीडितको पालमुनी बास !

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार...  विस्तृतमा

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑