काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक पहलबाट टुंग्याउनका लागि पहल भइरहेको भन्दै अदालतले सोबारेमा कुनै आदेश जारी गर्न नपर्ने जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय तथ्य प्रमाणको आधारमा दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने नेपाल सरकारको स्पष्ट धारणा रहेको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका हुन् ।
उनले नेपाल सरकार नेपालको सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीच सीमासम्बन्धी समस्या समाधान एतिहासिक दस्तावेज एवं तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उल्लेख गरेका छन् । उनले यस विषयमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्तिमार्फत प्रस्ट पारेको पनि लिखित जवाफमा उल्लेख गरेका छन् ।
नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई बदर गरी पश्चिमतर्फ लिम्पियाधुरासम्मको जमिन समेटिएको नक्सा बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । त्यसमा प्रधानमन्त्रीको जवाफ माग गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस