hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 12, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / राजनीति

नेकपाकाे स्थायी समितिमा एमसीसीको विरोध र समर्थन

३ पुष २०७६, बिहीबार ०६:५८ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin

काठमाडाैं-सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमै केन्द्रित भएको छ। बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी छ।

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३० मा दर्ता गराएको थियो। प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी छ।

बैठकमा पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए। त्यसपछि बुधबारसम्म नेताहरू देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीका विपक्षमा मत राखेका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवालीले भने बुधबारको बैठकमा एमसीसी प्रस्ताव पारित गर्नैपर्ने बताए।

‘एमसीसी हामी सरकारमा आएपछि गरेको सम्झौता होइन । हामी सरकारमा आउनुअघिकै हो। अमेरिकाको यो परियोजनामा दर्जनौं साना राष्ट्र सहभागी छन्’, ज्ञवालीलाई उद्धृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने, ‘इन्डो प्यासेफिक २०१७ देखि मात्रै आएको हो। एमसीसी र आईपीएसको सम्बन्ध देखिन्न ।’

मन्त्री ज्ञवालीले आफूले सूक्ष्म रूपमा अध्ययन गर्दा एमसीसी परियोजना आईपीएस जोडिएर आएको नदेखिएको बताएका थिए। ‘एमसीसी आईपीएसको अंग हुँदै होइन। हामी होसियारीपूर्वक अगाडि बढेका छौं,’ उनले भने, ‘आईपीएसलाई अगाडि बढाउँदा देशको हित हुन्छ।’

नेता पन्तले भने एमसीसी प्रस्ताव आईपीएससँगै जोडिएर आएको तर्क गरेका थिए। ‘यो आईपीएसअन्तर्गतकै अभिन्न अंगका रूपमा आएको छ। यस विषयमा प्रस्ट नभई हतारिएर जान खोज्दा अप्ठ्यारो हुनेछ,’ पन्तले भनेका थिए।

ग्लोबल टेन्डर गरे पनि प्रसारण लाइन बनाउँदा अमेरिकी कम्पनीले नै बनाउनुपर्ने र नेपालको कानुनसँग सम्झौता बाझिएमा सम्झौता हाबी हुने जस्ता प्रावधान रहेको भन्दै नेताहरूले एमसीसीको विरोध गरेका हुन्।

स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले बीआरआई र आईपीएसका विषयमा समर्थन र विरोधमा नउत्रिई नेपालको हित हेरेर अगाडि बढ्नुपर्ने बताए।

‘हामीले अरूका रणनीतिका विषयमा पोजिसन लिएर समर्थन र विरोध गर्ने होइन। पहिला हाम्रो हित हेर्ने हो। एमसीसीको विषय पनि त्यही हो,’ रायमाझीले भने, ‘सदुपयोग गर्दा देशको हित हुन्छ÷हुँदैन सरकारले हेरेर निर्णय लिनुपर्छ।’

नेता मण्डलले पनि एमसीसी आईपीएसभन्दा अगाडि ल्याएकाले त्यसैको अभिन्न अंग मान्न नहुने बताएका थिए। ‘आईपीएसमा नेपाल सहभागी हुँदैन। यसमा हामी प्रस्ट छौं,’ परराष्टमन्त्री ज्ञवालीले भने, ‘तर एमसीसी इन्डो प्यासेफिकको अंग होइन।’

स्थायी समितिमा बुधबार नेताहरू मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ र डा.पुष्पराज कँडेलले पनि बोलेका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन तथा महासचिवले पेस गरेको विधान संशोधन प्रस्तावमा ३७ नेताले भाग लिइसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

राजनीति सम्बन्धि थप

  • तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंहतोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह
  • विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपालविधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल
  • कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्माकांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
  • राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभनराष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

    शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

    विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    कोरोना सङ्क्रमित एक जनाको मृत्यु

    कोरोना सङ्क्रमित एक जनाको मृत्यु

    भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

    बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दर्ता नगरी व्यवासय सञ्चालन

    दर्ता नगरी व्यवासय सञ्चालन

    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि...  विस्तृतमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑