काठमाडौँ : राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन कोशिश नेपालको आयोजना तथा नेपाल चलचित्र कलाकार संघको सहकार्यमा प्रमुख अतिथि बरिष्ट अभिनेता/निर्माता नवल खड्काको उपस्थितिमा मानसिक स्वास्थ्य प्रबर्धनमा कलाकार भूमिका नामक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भयो । परिबर्तन नेपालको अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाको सहजीकरणमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा बरिष्ट कलाकार लय संग्रौला, लक्ष्मी गिरि, सबिन बास्तोला, रमेश बुढाथोकी, रबि गिरि, सुरबीर पण्डित, निर्देशक तथा कलाकार दिपा श्री निरौला, अभिनेत्री बिमला गिरि, रश्मि भट्ट, चलचित्र कलाकार संघको बरिष्ट उपाधक्ष्य रेजिना उप्रेती, सचिब पनाहा अधिकारि, कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु धर्मेन्द्र आचार्य, उद्धब भट्टराई, जिबन थापा, रामेश्वर बुर्लाकोटी, कलाकार नारायण प्रधान, शंकर बिसी, कलाकार संघको प्रेस सल्लहाकार सुर्य चन्द, पत्रकार भोला अधिकारि, कलाकार राजेश बाडे लगायतका कलाकार तथा कोशिश नेपालका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बक्ताहरुले मानसिक स्वास्थ्य प्रबर्धनमा कलाकार भूमिका कस्तो रहने र कलाकारहरुले आम सर्ब साधारणहरुलाई कसरि आत्माबल बढाउने र मानसिक स्वास्थ्य सम्बन्धि कसरि शिक्षा प्रदान गर्ने तथा त्यसको न्यूनीकरणमा कलाकारहरुको भूमिका कस्तो रहने भन्ने बिषयमा छलफल गरिएको थियो । कोशिश नेपालका अध्यक्ष मात्रिका देबकोटाले संस्थाको भूमिका बारे प्रकाश पार्दै संस्थाले गरेका कार्यहरु र मानसिक स्वास्थ्यको समस्या बारे प्रकाश परेका थिए ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस