सुर्खेत-‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ आजदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषद्को बैठक सकिएको छ ।
परिषद्का अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा बसेको बैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।
बैठकमा सहभागी परिषद् सदस्यले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मूलभूतरुपमा सही भए पनि अझै वस्तुनिष्ट बनाउन सुझाव दिएका छन् ।
प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागी परिषद् सदस्यले आधारपत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए । बैठकमा ४३ परिषद् सदस्यले सुझाव राखेका थिए ।
बैठकमा परिषद् अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखी कर्णालीवासी बनाउने दायित्व सबैको भएको बताए। उहाँले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउँदै पाँच वर्षमा एक हजार १४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १०० डलर पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको बताए।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशलाई सुखी बनाउने भनेको सडक यातायात नै रहेको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेका बेला जलमार्ग, हिमाली भेगमा विमानस्थल, विद्युतीय रेलमार्गजस्ता योजना काल्पनिक देखिने धारणा राखे।
कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधानबमोजिम गठित प्रदेश विकास परिषद्को आज सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, कर्णाली प्रदेशसभाका संसदीय दलका नेता, संसदीय समितिका अध्यक्ष, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिव, कर्णाली प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस