विराटनगर- प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले कोराना भाइरस (कोभिड–१९) नियन्त्रणसम्बन्धी एकीकृत कार्ययोजना पारित गरेको छ ।
मुख्यमन्त्री कार्यालयमा आज बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि तयार गरिएको कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको प्रदेश मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री हिम्कमतकुमार कार्कीले जानकारी दिए ।
यसैगरी ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकालाई भोगअधिकारका लागि चाहिने जग्गा माग भएअनुसार सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रदेश लगानी प्राधिकारण कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट स्वीकृत गर्र्नुका साथै प्रदेश योजना आयोगको २०७५/७६ वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ ।
बैठकले सुनसरी जिल्लाको अमडुवामा रहेको ५ सय बिघा जग्गा नेपाल सरकारको मातहतमा रहेकोमा उक्त जग्गा औद्योगिक पार्क निर्माणका निम्ति सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ भने धनकुटामा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यका लागि कार्यविधि २०७६ स्वीकृत गरेको, प्रदेश सहकारी नियावली–२०७६ स्वीकृत गरेको र प्रदेश सहकारी कार्यालय स्थापनाका लागि दरबन्दी स्वीकृत गरेको छ ।
त्यसैगरी उक्त बैठकले आन्तरिक मन्त्रालयबाट आएको रेडियो, एफएम सञ्चालनसम्बन्धी नियमावली–२०७६ पारित गर्नुका साथै प्रदेश दाना तथा दाना पदार्थसम्बन्धी गर्न विधेयक मस्यौदा तयार गर्न भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको छ ।
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस