hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 18, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

लकडाउनले साना तथा मझौला व्यवसायी धेरै धरासायी हुने देखियो

२९ बैशाख २०७७, सोमबार ०९:१९ मा प्रकाशित (8 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin
ऐश्वर्य श्रेष्ठ

कोरिया नेपालीको लागि राम्रो गन्तव्य स्थल हो । धेरैको सपनाको केन्द्र बनेको छ कोरिया । हजारौं युवाहरु कोरियन भाषा पढेर कोरिया जाने सपना बुनेर बसेका छन् । कोरोना भाइरस (कोभिड – १९) को कारण कोरिया सपना ओझेलमा परेको छ । ६० हजार बढी नेपाली कोरियामा कार्यरत छन् । केही युवाहरु नेपाल फर्केर व्यवसाय सञ्चालन गरेर बसेका छन् ।

राजनीतिमा बढी चासो राख्ने तर होटल व्यवसाय सञ्चालन गरेर बसेका युवा व्यवसायी होटल सञ्जालका प्रबन्ध निर्देशक महेन्द्र राईसँग कोरोनाले होटल व्यवसायमा कस्तो प्रभाव पारेको छ हटपाटीको लागि ऐश्वर्य श्रेष्ठले गरेको संवाद प्रस्तुत गरेका छौं ।

कोरियाबाट कहिले फर्कनुभयो रु कसरी सोच आयो होटल व्यवसाय गर्ने ?

कोरियाबाट सन २०१९ फेब्रुवरीमा फर्किएको यानिकी १५ महिना भयो। विशेष गरेर हामी कोरियामा हुँदैको बेला केही साथीहरू मिलेर नेपाल फर्किए पछाडी के गर्न सकिन्छ भन्ने बेला(बेलामा भेटघाट हुँदा कुराकानी चल्ने गर्थ्यो।त्यही बिचमा भोलि जे(जस्तो ब्यवसाय गरे पनि एउटा ‘ इन्भेस्टमेन्ट कम्पनी ‘ दर्ता गरिराखौं भनेर कम्पनी दर्ता गरेका थियौं त्यस पछाडी नेपाल आइयो।

अब के गर्ने त भनेर अन्य कृषि क्षेत्र, उत्पादन क्षेत्रतिर पनि केही सम्भाब्यताहरु सामान्यतः अध्ययन गरियो अन्त्यमा एउटा निष्कर्षमा पुगियो होटल ब्यवसाय गरौं भनेर यो एउटा सेवा क्षेत्र पनि हो।

नेपाल टुरिजम क्षेत्रमा धेरै सम्भावना बोकेको देश,सरकारले ल्याएको भ्रमणवर्ष २०२० जस्ता आदि कुराहरुलाई मध्यनजर गरि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भए पनि पर्यटन क्षेत्रमा साथ, सहयोग र योगदान पुर्याउने उदेश्यले यो ब्यवसाय गर्ने सोच बनाइयो।

के कति लगानीमा शुरु गर्नुभएको हो ?

तेति धेरै ठूलो लगानिमा सुरुवात गरिएको होइन।हाम्रो लगानी लगभग रु. ८० देखि ८५ लाखको हाराहारीमा पुगेको छ।

लकडाउनमा व्यापार व्यवसाय ठप्प छ रु होटल व्यवसायमा कस्तो असर परेको छ ?

पक्कै पनि विश्वमहामारिको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) बाट नेपाल पनि अछुतो रहन सकेन।यहाँले भन्नू भए जस्तै लकडाउनका कारण आन्तरिक होस वा अन्तर्राष्ट्रिय आवत(जावत पुर्ण रुपमा ठप्प छ,सम्पुर्ण ब्यापार,ब्यवसायहरु बन्द छन्। त्यसमाथि झन होटल ब्यवसाय भनेकै आन्तरिक वा वाह्य पर्यटकसंग प्रत्यक्ष रुपमा जोडिने,एक अर्कोसंग अन्तर सम्बन्धित भएको हुँदा यसको प्रत्यक्ष असर होटल ब्यवसायमा पनि परेकोछ।

कोरियाबाट जोश जाँगरको साथ नेपाल फर्कनुभयो जोशले कतिको निरन्तरता पाएको छ ?

मानिस एक असन्तुष्टि प्राणी हो। यद्दपि मेरो बिचारमा मान्छे कर्मसियल, निरन्तरता, आशावादीसंगै सकारात्मक सोंच,बिचार लिएर अगाडी बढ्यो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ।

जहाँसम्म जोश, जाँगरको कुरा छ पक्कै पनि कोरिया भनौ या अन्य विकसित मुलुकहरुको राज्य सन्चालन विधि, पद्दती, प्रक्रिया, नागरिकप्रतिको जवाफदेहिता,जिम्मेवारीसँग तुलना गर्ने हो भने दुस्खद कुरा हाम्रो राज्यका प्रत्येक सरकारी कार्यलयको व्यवहार,ढिलासुस्ती,पाइला-पाइलामा कमिशन,घुस, नातावाद आदि सम्झिदा निराशा र चिन्तित बनाउछ। तथापी सकेसम्म आफ्नो जन्मभुमीमै उहिँ जोश र जागरका साथ कर्म गरौं भन्ने लाग्छ।

कोरियामा सिकेको सिप नेपालमा कसरी सदुपयोग गरीरहनुभएको छ ?

यहाँलाई पनि थाहा भएको कुरा हो।बिशेष गरि कोरियामा नेपालीहरु उत्पादन क्षेत्र र कृषि क्षेत्रमा काम गर्न जाने गरेका छन। जस मध्ये म चाहिँ उत्पादन क्षेत्रमा गएको हुँदा त्यहाँ मैले सिकेको सिपहरु खासै हाम्रो देशमा बिज्ञान(प्रविधि लगायत विविध कारणले सम्भावना छैन र त्यस्तो बहुप्रतिष्ठित कम्पनिहरु तत्काल खुल्ने सम्भावना पनि देख्दिन।

यसको मत्लब त्यहाँ सिकेको सीप यहाँ कतै पनि काम लाग्दैन भन्ने चाहिँ होइन।अन्य मैले चिनेको साथीहरूले थोरै,औंलामा गन्न सकिने संख्यामा कोरियामा सिकेका सिपहरुलाई सदुपयोग गरिरहनु भएकोछ। बिशेषगरि कृषि क्षेत्रमा जानू भएका साथीहरूको लागि चाहिँ एक्दमै राम्रो छ किनकी हाम्रो देश कृषिमा आधारित एक्दमै उर्वरयुक्त माटो,कृषिमा सम्भावना बोकेको मुलुक भएको हुँदा।

कोरियामा कामदारको रुपमा काम गर्दा र आफु नेपालमा साहु बनेर काम गराउदा कस्तो हुदोरहेछ ?

बिलकुलै फरक जिम्मेवारी र फरक अनुभुति। कामदार हुँदा आधारभूत ८ घण्टाको जिम्मेवारी त्यसपछि बाकी फुर्सद हुन्छ भने ,साहु हुँदा २४ घण्टा जिम्मेवारीसंगै जवाफदेहिता। तर आफ्नो आफै मालिक र नोकर हुनुमा स्वतन्त्रता छ अनि गर्वको महसुस हुन्छ।

नेपालमा लगानी गर्दा के के कुरामा ख्याल गर्नुपर्ने रहेछ ?

मेरो बुझाइमा, सर्वप्रथम जुनसुकै क्षेत्रमा लगानी गर्दा आफुले जानेको,अनुभव भएको काममा लगानी गर्दा राम्रो। चाहेको ब्यवसायको भावी सम्भावना र उक्त स्थानिय क्षेत्रको वातावरण लाई पनि मध्यनजर गर्नु पर्छ भन्ने लाग्छ। तर लगानी गर्दा तुरुन्तै प्रतिफल नहुन पनि सक्छ भन्नेमा पहिल्यै मानसिक रुपमा तयारी हुनुपर्छ।

फेरी कोरिया जाने सोच त मनमा आएको छैंन ?

अहिले नै त्यस्तो सोच बनाएको छैन। सकेसम्म आफ्नै देशमा बसेर केही गरौं भन्ने उदेश्य लिएर नै ब्यवसाय सुरुवात गरेको हो। तर भनिन्छ जे भैरहेको छ, त्यही अन्तिम सत्य भने होइन ।

म्यानेजरको तलब कति भन्न सक्नुहुन्छ ? यहाँका तलबले जीवन जिउन कति सजिलो छ ?

म्यानेजरको तलव कम्पनीको प्रकृति, लगानी र बजारको माग कति छ भन्नेमा र आपसी समझदारीमा निर्भर रहला। सरसरती हेर्दा दिनानुदिनको बजार मूल्य र सामान्य नेपाली जिवनस्तर लाई मध्यनजर गर्दा प्राप्त गर्ने तलव,सुविधाले जिविकोपार्जन गर्न गार्हो छ।

लकडाउन बढदै जाँदा व्यवसायमा कस्तो असर पर्ला ?

लकडाउनले ब्यवसायलाई मात्र नभई सिंगो देशकै अर्थतन्त्रलाई ठूलो नोक्सानी परिरहेको छ र अझ धेरै पर्नेछ। बिशेष गरेर साना तथा मझौला ब्यवसायिहरुको सवालमा घरभाडा, कर्मचारी खर्च, बैंकको ऋण लगायतले ब्यवसाय धरासयी हुनसक्ने सम्भावना छ।

  • #महेन्द्र राई
  • #युवा व्यवसायी होटल सञ्जाल
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छनेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट निरन्तर सुनुवाइ

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    प्रधानमन्त्रीको प्रश्न – संविधानको कुन धारा र नियमावलीमा छ ?

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    आगलागीबाट चार घर नष्ट

    आगलागीबाट चार घर नष्ट

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

    विराटनगरमा निर्वाचनको तयारी

    विराटनगरमा निर्वाचनको तयारी

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य...  विस्तृतमा

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    इन्डोनेसियामा शक्तिशाली भूकम्प ः ८०० घाइते, १५ हजार विस्थापित

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑