hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 19, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बागमती

जगातीमा डिस्इन्फेक्सन टनेल सञ्चालन

disinfection tunnel
२९ बैशाख २०७७, सोमबार १२:२१ मा प्रकाशित (8 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

भक्तपुर- पूर्वका जिल्लाबाट काभ्रे हँुदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।

सवारी साधन निःसङ्क्रमण गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीमा उक्त टनेल सञ्चालनमा ल्याएको हो ।

काभ्रेबाट भक्तपुरहँुदै काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम कम गर्न सरकारको स्वीकृतिमा टनेल निर्माण गरेको हो । अरनिको राजमार्ग, बिपी राजमार्गलगायतपूर्वबाट काभ्रे हँुदै आएका चारपाङ्ग्रे सवारी साधनलाई जगाती चेकपोष्टमा राखिएको टनेलमा निःसङ्क्रमण गरेर मात्रै प्रवेश गराउन शुरु गरिएको छ ।

टनेलको सङ्घीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको प्रयासलाई निजी क्षेत्रले पनि पु¥याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए । सांसद बस्नेतले भने, “अहिले विश्वमा झण्डै २५० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ, कोरोनाको सङ्क्रमण रोक्ने भएको प्रयासमा उत्कृष्ट काम गर्ने मुलुकमध्ये नेपाल ५० औँ नम्बरमा पर्छ, सार्क राष्ट्रमा नेपाल कोरोना सङ्क्रमण रोक्न गरेको सफल प्रयासमा पहिलो नम्बरमा पर्छ, अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु नहुन पनि उपलब्धि हो, यो सरकारको प्रयास र सबैको सहयोगले सफल भएको हो ।”

नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने किटको अभाव भएको हल्ला चलाइए पनि त्यस्तो अभाव नभएको दाबी गर्दै उनले सरकारले तीव्रगतिमा किटमार्फत कोरोना परीक्षणको कार्य अगाडि बढाएको बताए । कोरोनाका कारण भएको लकडाउनमा अलपत्र परेका मजदूरको उद्धारदेखि मजदूर, गरिब, असहायलाई निःशुल्क खाना खुवाउने काममा भक्तपुर उदाहरणीय रहेको बताउँदै उनले भक्तपुरमा विकास निर्माणका कामलाई तीव्रता दिन थालेको बताए ।

सांसद बस्नेतले भने, “लकडाउनले देशको डामाडोल बन्दै गएको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउने कामको शुरुआत सरकारले गरेको छ, कलकारखाना, उद्योग व्यवसायीलाई सुरक्षित तरिकाले सञ्चालन गर्ने, विकास निर्माणका कामलाई सञ्चालन गर्ने कामलाई थालिएको छ, विस्तारै सबै ठिक हुन्छ ।”

कार्यक्रममा लकडाउनको समयमा खाद्यपदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिन झोल राख्नका लागि सोही कम्पनीले पाँच हजार लिटर क्षमताका एक र एक हजार लिटर क्षमताका एक गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखेको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिनेछ ।

अध्यक्ष थापाले औषधिबाहेक टनेल निर्माणका लागि रु एक लाख ६६ हजार खर्च भएको जानकारी दिएका छन् । कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेलमा दुईतर्फ र माथि रहेको १४ वटा नोजलबाट स्वीच अन गरेलगत्तै आउने क्लोरिन झोलले नौ सेकेण्डमा नै सवारी साधन निःसङ्क्रमण गर्न सकिने उनको दाबी छ ।

मानिसको छालामा क्लोरिन झोल पर्नसक्ने भएकाले सिसा नभएका गाडी र दुईपाङ्ग्रे सवारी साधन भने टनेलमा प्रवेश गर्न रोक लगाएको छ । यस प्रकारको टनेल फर्पिङ, बालाजु, नुवाकोट, सीतापाइलालगायत अन्य सात ठाउँमा राख्ने तयारी गरेको थापाले बताए ।

नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि भक्तपुर छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर जाने व्यवस्था गरिएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी साधन निःसङ्क्रमण गरेपछि नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको टोलीले सवारी साधनबाट मानिस झारेर स्वास्थ्य टोलीसहितको पोष्टमा शरीरको तापक्रम मापन गर्ने, स्वास्थ्य परीक्षणमा समस्या परेकालाई सोही ठाउँमा रहेको अस्थायी आइसोलेसनमा राखेर अस्पताल पठाउने, ऊ कहाँबाट आएको, कहाँ जानेदेखि सम्पूर्ण व्यक्तिगत विवरण लिएर मात्रै पठाउने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख विश्वप्रसाद भट्टराई, नेपाली सेनाको टोलीसहितको सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

  • #डिस्इन्फेक्सन टनेल
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बागमती सम्बन्धि थप

  • प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैनप्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन
  • प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिरप्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
  • प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिनेप्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने
  • ठेक्काले नेपाली सेना बिबादमाठेक्काले नेपाली सेना बिबादमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    ८० वर्षमा नागरिकता !

    ८० वर्षमा नागरिकता !

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    रानीपोखरीबाट लेउ निकालिँदै

    रानीपोखरीबाट लेउ निकालिँदै

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई...  विस्तृतमा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑