hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 22, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रदेश नं. २

प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

२१ श्रावण २०७७, बुधबार १५:२५ मा प्रकाशित (8 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ । साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।
लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।
यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।
यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पुर्याइने मन्त्री यादवले बताएका छन् । प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ ।
यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन् । पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ ।
तथ्याङ्कानुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ सङ्क्रमण पुष्टि भएको छ । लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशभित्र हालसम्म (मङ्गलबारसम्म) ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन् । प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ । अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ । तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।
लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेको छ । सीमाक्षेत्रमा दोहोरो आउजाउ बढेको र हिँडडुलमा लापरवाही बढेपछि सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । खासमा शारीरिक (भौतिक) दूरीको निर्वाह नगरिँदा, मास्कको प्रयोग नहुँदा, बजारहाटमा भीडभाड बढ्दै जाँदा र सीमाक्षेत्र वारपारको बाक्लो ओहोरदोहोर बढ्दा सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

  • #प्रदेश २
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रदेश नं. २ सम्बन्धि थप

  • कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्युकोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु
  • गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्नागम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना
  • कोरोनाको उच्च जोखिममा कञ्चनपुरकोरोनाको उच्च जोखिममा कञ्चनपुर
  • टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    बस पल्टिँदा १० जना घाइते

    बस पल्टिँदा १० जना घाइते

    कोरोना संक्रमित महिलाको मृत्यु

    कोरोना संक्रमित महिलाको मृत्यु

    पेस्तोलसहित एक जना पक्राउ

    पेस्तोलसहित एक जना पक्राउ

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको...  विस्तृतमा

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑