विराटनगर – विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत सङ्क्रमण पुष्टि भएको हो ।
विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ । पत्रकारलाई कोरोन देखिएसँगै उद्घोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ । यस अघि विराटनगरका एक अर्का पत्रकार समेत सङ्क्रमित भईसकेका छन् ।
शुक्रबार राति सङ्क्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का ४, विराटनगर–३ का १, विराटनगर– ५ का १, विराटनगर –६ का २, विराटनगर –७ का ३ जना छन् । त्यस्तै विराटनगर–८ का १, १० का १, ११ का १, १३ का ४ र विराटनगर–१४ का १ जनामा सङ्क्रमण देखिएको छ ।
शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार राति २२ जना थपिएका हुन् । नयाँसँगै विराटनगरमा सङ्क्रमित हुनेको संख्या २४५ पुगेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस