खलङ्गा-जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ ।
पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो ।
दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै डोल्पाको काइगाउँसम्म सवारी साधन निर्बाध रुपमा चलेका ट्र्याक्टर चालक जयकृष्ण थापाले बताउनुभयो । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो ।
यसअघि डोल्पा–जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्र्याक्टर र ट्रकबाट पनि उपभोग्य सामग्री डोल्पा पु¥याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताउनुभयो ।
२०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो । देश सङ्घीयतामा गएपछि सो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो ।
अहिले सहजै सवारी साधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरि डिजाइन गर्नुपर्ने भएकाले ढिलो निर्माण भएको हो ।
इन्जिनीयर दीपसागर ढुङ्गानाका अनुसार पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भइरहेको बताउनुभयो ।
डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसाबले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताउनुभयो । जिल्लाको पर्यटकीय क्षेत्र गुठिचौर, चोत्रा घरबास हुँदै डोल्पाको दुनैदेखि से–फोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ ।
काठमाडौं - अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस