सोल – दक्षिण कोरियाली कम्पनि सामसुङ इलेक्ट्रोनिक्स विश्वकै एक नम्बर रोजगारदाता कम्पनि रहेको फोर्व्स पत्रिकाले जनाएको छ ।
पत्रिकाले प्रकाशित गरेको सुची अनुसार अमेजनले दोश्रो स्थानमा आफूलाइ उकास्न सफल भएको छ । त्यस पछि क्रमश आइबिएम, माइक्रोसफ्ट, एलजी, एप्पल, एडोबी, गुगलकै मातृ कम्पनि अल्फाबेट, सिमेन्स तथा बोस रहेका छन् ।
फोर्ब्स पत्रिकाले गत जुन जुलाईमा विश्वका ५८ देशका १ लाख ६० हजार बढी कर्मचारीहरुमा गरेको अनुसन्धान पश्चात उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । पत्रिकाले रोजगारदाताको छवी, कम्पनिको आर्थिक प्रगति, दक्ष जनशक्ति उत्पादनमा दिएको जोड, लैङ्गिक समानता तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा आधारित भई उक्त अनुसन्धान गरेको थियो ।
पत्रिकाले ति कम्पनिहरुका निकटतम प्रतिस्पर्धी कम्पनिहरुबारे जानकारी तथा उनीहरुको बजार पहुँचबारे समेत अनुसन्धान गरि नतिजा निकालेको हो । उक्त अनुसन्धानमा कोरोना भाइरस संक्रमण पश्चात कम्पनिको कर्मचारिहरु प्रतिको ब्यवाहार समेत अध्ययन गरिएको पत्रिकाले जनाएको छ ।
गत बर्ष कुनै पनि कोरियाली कम्पनि फोर्व्सको उत्कृष्ठ १०० सुचीमा परेका थिएनन् । यस बर्ष भने १२ कम्पनि पत्रिकाको उत्कृष्ठ १०० भित्र पर्न सफल भएका छन् । नाभेर (३७), एमोर प्यासिफिक (४२), कोरिया नेशनल आयल कर्पोरेशन (६२), सिजे (६४), नोङसिम (७२), एनसिसफ्ट (७३), माण्डो (७४), हुण्डायी मोटर्स (८०) तथा एसके ग्रुप (८८) औ स्थानमा रहेका छन् ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस