सोल- दक्षिण कोरियाको छेजु आइल्याण्डमा एक महिलाले आफूले जन्माएको बच्चालाई सेकेण्ड हेण्ड मोवाइल बिक्री गर्ने अनलाइन बजारमा बिक्रीका लागि राखेकी छन् । २,००,००० वन अर्थात १७५ अमेरिकी डलरमा उनले आफ्नो बच्चा बिक्रीका लागि राखेकी हुन् ।
अन्दाजी २०-३० बर्षकी ति महिलालाई प्रहरीले उक्त पोष्ट भाइरल हुने बित्तिकै नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ति महिलाले बच्चाको जन्म पश्चात आफूमा शारिरिक तथा मानशिक असर परेको बताउदै बिक्री गर्न लागेको बताएकी छन् । आफूले नचाहाँदा नचाहाँदै बच्चा जन्मेकाले बच्चा बिक्रीमा राखेको समेत उनले बताएकी छन् ।
अपलोड गरेको केही समयमा नै हटाइएको उक्त पोष्टमा उनले ३६ हप्ताको बच्चा लिन इच्छुकलाई २,००,००० वन सहित सम्पर्क गर्न भनेकी थिईन् । उनले बच्चा एडप्ट गर्ने प्रकृया झण्झटिलो तथा लामो भएका कारण आफूले उक्त बिकल्प रोजेको बताएकी छन् ।
हाल प्रहरीले उनीमाथि अनुसन्धान जारी राखेको छ । श्रीमान समेत आर्थिक रुपमा अत्यन्त विपन्न रहेको र बच्चा हुर्काउन नसक्ने भएका कारण उनी थप मानसिक तनावमा रहेको समेत प्रहरीले जनाएको छ । प्रहरीले उनलाई आर्थिक सहयोग गर्ने पाटो तर्फ समेत आफूहरुले प्रकृया अगाडी बढाएको बताएको छ ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस