hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 02, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बिचार / विश्लेषण

नरावणेको नेपाल भ्रमण र सैनिक कूटनीति

१७ कार्तिक २०७७, सोमबार ०६:५७ मा प्रकाशित (4 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र अलमलजस्तो अवस्थामा रहेको विवादलाई मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उहाँले भेटवार्ता गर्नुहुनेछ ।

यसअघि पनि भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल–भारतबीच उत्पन्न परिस्थितिको समाधानका लागि प्रयोग गरिएको सैनिक कूटनीतिले गौरव गर्न लायक इतिहास निर्माण गरेको थियो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानका केही प्रावधानप्रति विरोध जनाएर तत्कालीन मधेसवादी दलले उठाएका मुद्दा र गरेको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी गरेपछि उत्पन्न विषम परिस्थितिलाई सकारात्मक अवतरण गराउन सरकारले सैनिक कूटनीति अवलम्बन गरेको थियो ।

यद्यपि नेपाल र भारतबीच सदिऔँदेखि धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचारको गहिरो सम्बन्ध रहिआएको छ । संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाबिना एक देशबाट अर्काे देशमा सहजै आवतजावत गर्न पाउने व्यवस्था छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको तत्कालीन सरकारले दुई देशबीचको सदिऔँदेखिको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्दै परिस्थितिको सहजीकरण गर्ने उपाय खोज्न प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई निर्देशन दिएको थियो ।

सरकारको निर्देशनानुसार सेनाप्रमुखले सङ्गठनका कुशल व्यवस्थापक र आफना विश्वासपात्र युद्धकार्य महानिर्देशक हिमालय थापालाई उक्त जिम्मेवारी दिएर आफना भारतीय समकक्षी दलवीर सिंहमार्फत अघि बढाइएको सैनिक कूटनीतिका माध्यमबाट नाकाबन्दी हटाउन सफलता मिलेको थियो । सफल सैनिक कूटनीतिको श्रेयका रूपमा त्यसबखत प्रधानसेनापति क्षत्रीको भारत भ्रमणका बेला वीरगञ्ज नाकामा लगाइएको अघोषित बन्दी भारतले हटाएको थियो ।

“तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीबाट सङ्गठन नेतृत्वलाई भएको निर्देशन र सल्लाहबमोजिम समस्या सुल्झाउन पहल गर्ने कार्यदेशअनुरुप हामीले त्यो भूमिका निर्वाह गरेका थियौँ, त्यसको श्रेय व्यक्तिले भन्दा संस्था र राज्यले लिनु उचित हुन्छ”, पूर्वउपरथी थापा भन्नुहुन्छ ।

सैनिक कूटनीति मुलुकको परराष्ट्र नीतिको एक हिस्सा भएको हिसाबले परिस्थितिलाई सहजरूपमा अवतरण गराउन भूमिका खेल्ने कार्यादेश अनुरूप नयाँदिल्ली गएको घटना सुनाउँदै उहाँले भन्नुभयो, “उत्तर र दक्षिणका छिमेकीसँग मात्र होइन अन्य शक्ति राष्ट्रसँग पनि नेपालको सैनिक कूटनीति निकै राम्रो र भरपर्दाे छ ।”

विश्वका सबै मुलुकका सरकार र सेनाले आफनो परराष्ट्र नीतिलाई नाघेर सैनिक कूटनीति अघि बढाएका घटना बिरलै पाइन्छन् । हाम्रो देशको तुलनामा चीन र भारतलगायतका मुलुकमा सैनिक कूटनीति धेरै अब्बल मानिन्छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकले सामरिक महत्व बोकेको छ भन्ने विषय भारतीय सैनिकले बाटो बनाउनु, वक्तव्य दिनु र रक्षामन्त्रीले नै उद्घाटन गर्नुले पुष्टि गर्छ, त्यसलाई हामीले पनि त्यसरी नै बुझनुपर्छ । भारतीय सेनापतिको कालापानीको विषयसँग जोडिएर आएको प्रतिक्रिया बाहेक सैनिक कूटनीति अत्यन्तै सान्दर्भिक समयमा विकास भए पनि अझै तिखार्दै लैजानु पर्ने आवश्यकता रहेको पूर्व जर्नेलहरुको भनाइ छ ।

पूर्वउपरथी थापा भन्नुहुन्छ, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका साथ–साथै छिमेकीसँगको सम्बन्ध हाम्रो कस्तो हो, हामी के हौँ, कस्तो अवस्थामा कहाँ छौँ भनी भूराजनीतिक यथार्थतालाई पनि हामीले गहनरूपमा मनन गर्नुपर्छ ।”

सरकार, सबै राजनीतिक दल र संसद्ले भारतले अतिक्रमण गरेको नेपालको लिपुलेख, लिम्पियाधुरा र कालापनी क्षेत्र तत्काल फिर्ता गर्ने प्रस्ताव एकमतले पारित गरे पनि उक्त क्षेत्र अहिलेसम्म भारतकै अधीनमा छ ।

हामीसँग उपलब्ध सबै कागजात र प्रमाणले त्यो क्षेत्र नेपालकै भूभाग हो भन्ने प्रष्ट भए पनि वार्ताको माध्यमबाट समस्या समाधान गरौँ भन्ने नेपालको बारम्बारको आग्रह र प्रस्तावलाई छिमेकीले अझै सकारात्मकभावबाट ग्रहण गरेको पाइन्न । यद्यपि यो विषयले दुवै देशमा एकखाले तरङ्ग भने पैदा गरेको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले सेनाध्यक्ष नरवाणेको भ्रमणले दुवै देशबीच लामो समयदेखि थाँती रहेको सीमा समस्यालाई समाधान गर्ने अवसरको ढोका खोलिदिने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा नेताहरु र सेनाध्यक्षबीचको भेटवार्ताको अवसरले नेपाली जनताले सदाका लागि सीमाका लागि सोचिराख्नु पर्ने तथा समस्याबारे टाउको दुखाइराख्नु पर्ने अवस्था नहोस्, समाधान भएर जाओस् भन्ने अपेक्षा गर्छु । राष्ट्रहितलाई सर्वाेपरी राखेर समाधान खोज्ने पहल र दृष्टिकोण हुनुपर्छ । उहाँको भ्रमणपछि वार्ता र संवादका लागि सकारात्मक मोड दिन्छ भन्ने आशा गरिएको छ ।”

अर्का पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्नुहुन्छ, “हाम्रो सदाशयता भनेको भारतीय पक्षले विवादास्पद अभिव्यक्ति दिँदा पनि नेपालले आफनो परम्परालाई कायम राख्यो । अडानमा तलमाथि भएन, देखाएन ।”

यद्यपि सैनिक कूटनीति आफैँमा पूर्ण नभई प्रतिरक्षा र परराष्ट्र नीतिको एउटा पाटो मात्र हो । छिमेकीसँग जोडिएर आएका विषयमा अघिल्लो पटक समस्या हटाउन नेपालको सैनिक कूटनीतिक सफल भएको हो । मुलुकको मात्रै होइन, सेनाको नेतृत्व र तहगतरूपमा पनि भारतीय सैनिकसँग सम्बन्ध छ । सजिलो आवतजावत, धार्मिक, सामाजिक, सांस्कृतिक सम्बन्धले पनि सहज तुल्याएको हो ।

भारतीय स्थलसेनाध्यक्ष नरावणेको नेपाल भ्रमणलाई दुई देशबीचका नेतृत्व तहमा देखिएको हार्दिकतापूर्ण संवादको गतिरोध हटाउने शुरुआती विन्दु बनाउन रणनीति र आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै उहाँभन्नुहुन्छ, “जनरल नरवाणेको भ्रमण समस्या समाधानका लागि अन्तिम नभई प्रस्थान विन्दु हो ।”

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा उठेको विवाद समाधान गर्न नचाहेको भए भारतीय सैनिक नेतृत्व नेपाल भ्रमणमा नआउन सक्थ्यो तर त्यो स्थिति होइन, आउन लागेका पाहुनालाई परम्परागत सत्कार दिने र मुलुकहित हुने विषयलाई अरु कुरासँग जोडेर टीका टिप्पणी गर्न नहुने उच्च तहका सैनिक अधिकृत बताउँछन ।

मुलुकको परराष्ट्र नीतिअनुरुप अनुभूत हुने गरी सन्तुलित र समदूरीको सम्बन्ध देखाउन र उनीहरुको चासोलाई आफनो देशको स्वार्थका आधारमा सम्बोधन गर्न आवश्यक रहेको उहाँहरुको भनाइ छ ।

राजनीतिक र कुटनीतिक संयन्त्रबाहेक सैनिक–सैनिकबीच संयन्त्र विकास गरी वार्ताका माध्यमबाट वर्तमान समस्याको समाधान खोज्न सकिन्छ भन्ने एकखाले मत रहे पनि यो विषयलाई राजनीतिक आँखाले हेरिएकाले समस्या समाधान गर्न दुवै देशका राजनीतिक नेतृत्वको सहमति आवश्यक हुनेछ ।

सेनाध्यक्ष नरवाणेको भ्रमण तयारीलाई गर्नु पर्ने सुरक्षालगायतका सबै आवश्यक तयारी सूक्ष्म ढङ्गले गरिएको र उहाँसँगको छलफल दुई सैनिकबीचको सम्बन्ध र सहयोगका विविध आयाममा केन्द्रित रहने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाले जनरल नरवाणेको भ्रमण दुई देशका सेनापतिको मानार्थ महारथी ग्रहण गर्ने परम्पराको निरन्तरता भने पनि लामो समयदेखि गतिरोध भएको संवादलाई नियमित गर्न नेपाल–भारतबीच सम्बन्धका विविध पाटोमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बिचार / विश्लेषण सम्बन्धि थप

  • नेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्वनेपाली चियाको ईतिहास र ट्रेड मार्कको महत्व
  • राष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्दराष्ट्र र राष्ट्रियता प्रतिको हाम्रो दायित्व-सुर्य चन्द
  • नेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहालनेपालमा महिला प्रति गरिने व्यवहार, हिंसा तथा त्यसका न्यूनीकरण-रन्जना दाहाल
  • पर्यटन तथा होटल व्यवसायमा आर्थिक समस्यापर्यटन तथा होटल व्यवसायमा आर्थिक समस्या

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    वासिङ्टन -  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले...  विस्तृतमा

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    नाभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्व भ्लादिमिर क्षेत्रमा राखिने

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारी मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑