hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 27, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / राजनीति

लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि संवेदनशील हुन प्रमको आग्रह

१० मंसिर २०७७, बुधबार १३:१२ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin
हटपाटी संवाददाता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उनले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्र्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

“कुनै पनि प्रकारको लैङ्गिक हिंसाको समूल अन्त्य गर्ने अभिप्रायका साथ लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि संवेदनशील र अग्रसर हुन म हरेक व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायहरूलाई आह्वान गर्दछु”, उनले सन्देशमा भनेका छन्, “हामीले व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै सभ्य र सुसंस्कारयुक्त जगमा उभ्याउनुपर्ने छ ।
कतिपय गलत अभ्यास र दुःखद् घटनाका कारण बन्ने नकारात्मक छविप्रति सजग हँुदै हिंसाका सबै कारक तत्वहरूलाई निर्मूल पार्नुपर्ने छ ।”

प्रधानमन्त्री ओलीले संविधानले लैङ्गिकलगायत सम्पूर्ण क्षेत्रमा समानताको सिद्धान्त आत्मसात् गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको स्पष्ट गरेका छन् । नेपाल पक्ष राष्ट्र रहेका मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी अनुबन्ध १९६६ एवं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९ को दायित्वलाई कार्यान्वयन गर्दै महिला केन्द्रित नीति, कानून, योजना, संरचना तथा कार्यक्रम सरकारले बनाएको उनले उल्लेख गरे ।

उनले सङ्घीय संरचनानुसार तीनै तहका सरकारलाई लैङ्गिक हिंसाविरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले कानूनी प्रबन्धले मात्र लैङ्गिक हिंसाका घटनालाई अन्त्य गर्न नसकिने भएकाले व्यक्तिको अन्तरचेतनामा विवेक पैदा गर्न सामाजिक अभियान नै आवश्यक पर्ने बताएका छन् । “लैंगिक हिंसापीडितको मानवअधिकार संरक्षण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु”, उहाँले सन्देशमा भनेका छन् ।

लैङ्गिक समानता र महिला अधिकारका क्षेत्रमा संविधान कार्यान्वयनका चरणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले २०७४ सालको तीन तहको निर्वाचनद्वारा १४ हजार ६०० भन्दा बढी महिला विभिन्न तहमा निर्वाचित भएको जानकारी दिए । “राजनीतिक संरचनामा महिलाको सहभागिता स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४.५ प्रतिशत र सङ्घमा ३३.५ प्रतिशत पुगेको छ । हाम्रो उपलब्धि दक्षिण एशिया तथा विश्वकै विकसित मुलुकका लागि समेत प्रेरणादायी रहेको छ”, सन्देशमा भनिएको छ, “ हाम्रो मुलुकमा विभिन्न विधा र फाँटहरुमा महिलाहरुले सफल नेतृत्व गरिरहेका छन् । उनीहरु परिवर्तनका संवाहक बनेका छन् । यति हुँदाहुँदै पनि लैङ्गिक हिंसाका घटनाहरु आशातीत रुपमा न्यूनीकरण हुन सकेको छैन ।”

प्रधानमन्त्री ओलीले छाउका नाममा हुने छुवाछूत, बेचबिखन, श्रमशोषण, बोक्सीको आरोप, यौनजन्य दुव्र्यवहार, बलात्कार, हत्या, तेजाब आक्रमणलगायत जघन्य अपराध मानव सभ्यताका लागि कलङ्क भएको जनाउँदै सामाजिक अन्धविश्वासको आड लिएर हुने यस्ता हिंसाविरुद्ध राज्य र समाज दुवै तहमा सार्थक अभियान चलाइनुपर्नेमा जोड दिएका छन् ।

लैङ्गिक समानता नीतिको मस्यौदा पारित हुँदै

सन्देशमा प्रधानमन्त्री ओलीले राष्ट्रिय लैङ्गिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जानकारी दिँदै तेजाब आक्रमणबाट पीडितलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यवस्थासहितको अध्यादेश पनि जारी गरिएको बताए ।

उनले कोभिड–१९ को महामारीको प्रभावले थप लैङ्गिक हिंसाका घटना हुन सक्ने सम्भावनातर्फसजग हुँदै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकारको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, राजनीतिककर्मी, अभियानकर्मी, सञ्चारकर्मी, व्यक्ति, परिवार र समाज सबैको ऐक्यबद्धताको लागि आग्रह गरेका छन् ।

आजदेखि नोभेम्बर २५(मङ्सिर१०) देखि डिसेम्बर १० (मङ्सिर २५) तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलाइएको छ । नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान आजदेखि शुरु भएको छ ।

  • #kp oli
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

राजनीति सम्बन्धि थप

  • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणाकर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा
  • कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदैकांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
  • प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनप्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन
  • दाहाल– नेपाल समूह पार्टी एकताकै पक्षमादाहाल– नेपाल समूह पार्टी एकताकै पक्षमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

    अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

    प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    मस्तिष्काघातबाट बेलायतमा डा लक्सम्बाको निधन

    मस्तिष्काघातबाट बेलायतमा डा लक्सम्बाको निधन

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    बेइजिङ - चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना...  विस्तृतमा

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑