काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा मालपोत कार्यालय भरतपुरका तत्कालीन नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय ११ रुपैयाँ बिगो दाबी गदै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
उनले मालपोतका विभिन्न फाँटबाट नगद रसिद काटेर संकलन भएको सो रकम लेखा शाखामा नबुझाई हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस