hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 03, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कोरोना भाईरस

कोरोना माहामारी वर्षदिन पुग्यो तर कहर घटेन

६ पुष २०७७, सोमबार १६:५५ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin
हटपाटी संवाददाता

विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जमघट गर्ने गरिन्छ । नागरिकहरु पनि ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।

यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनल हालैमात्र दिएको छ । विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा बताएका हुन् ।

उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन भनेका छन् । उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताएका हुन् ।

युरोपका निर्देशक ह्यान्सले शनिबार भने– युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका कैयौँ देशहरुमा यतिखेर कोरोना महामारीको दोस्रो लहर आएको बताइएको छ ।

गएको शनिबारको तथ्यांकअनुसार युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताएका छन् । उनले यो चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने पनि बताएका छन् । एक चरणमा निकै समस्यामा परेको युरोप बीचमा निको भयो र प्राय सबैजसो व्यवसाय पनि आफ्नो लयमा फर्किने तयारी गर्दै थियो । तर अहिले आएको दोस्रो लहरले युरोपलाई समस्यामा पार्दैछ । यसबाट युरोपमा अहिलेको चिसो मौसममा महामारी झन् बढ्ने देखिन्छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको एक वर्ष पुगेको छ तर अहिले पनि यसको त्रास भने कायमै छ । वर्षदिन पछि पनि यसरी युरोपमा क्रिसमस र नयाँ वर्षको अवसरमा मनाउने गरिएको समारोहहरु पनि नगर्न चेतावनी दिएको अवस्था अहिले पनि कायमै छ । एक वर्षको यस अवधि करिव पूरै विश्वलाई तर्साइरहेको यस भाइरसको कारण १७ लाख व्यक्तिको मत्यु भएको छ भने ७ करोड ७२ लाख व्यक्ति संक्रमित भएका छन् ।

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसबाट विश्वका शक्तिशाली देशहरुलाई यस भाइरस नियन्त्रणको लागि अत्यन्त गाह्रो भएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण चीनले नियन्त्रणमा लिन सफल भएको छ । कोरोनाबाट चीनमा ४ हजार ७५६ जनाको मृत्यु भएको थियो भने ९४ हजार भन्दा बढी संक्रमित भएका छन् । चीनको हुबे प्रान्तबाट शुरु भएको यस भाइरसको कारण हुबे प्रान्तमा नै धेरैको ज्यान गएको थियो । चीनले हुबे प्रान्तमा ६७ दिनको लक डाउनपछि लगभग रोगलाई नियन्त्रणमा लिएको थियो । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखेको थियो । चीनको नियन्त्रण गर्ने तरिका कदमलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले स्वागत गर्नुभएको थियो ।

वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ । उक्त भाइरस कोरोनाभाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकहरुले बताएका थिए । उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो । वैज्ञानिकहरुले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन् । उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको संक्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षणहरु हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुदै जाने पनि अर्को एक समस्या हो । हाल विश्वका विभिन्न देशमा यस भाइरसका लक्षणहरु पनि विभिन्न थरीका देखिएको छ । लक्षण देखा नपर्दा पनि कोरोना भाइरस संक्रमण देखा पर्ने भएको पाइएको छ ।

चीनमा अत्याधिक मात्र कोरोना संक्रमण फैलिए लगत्तै दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा फैलिएको थियो । तर हाल विश्वका १९१ देशमा यो भाइरसको संक्रमण फैलिएको जोन हप्किङ्स् विश्वविद्यालयले तयार गरेका तथ्यांकहरुमा देखिएकोे छ । गत जनवरीमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण थियो । चीनको हुबेबाट केही दिनअघि फर्किएका ती अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको पुष्टि भएको थियो । सोही बेलाबाट हालसम्म अमेरिकामा १ करोड ८२ लाख भन्दा बढी संक्रमित भएका छन् भने यस संक्रमणको कारण ३ लाख २४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो आलेख तयार हुदाँसम्म अमेरिकामा १ करोड ३२ लाख भन्दा बढी निको भएका छन् ।

अमेरिकापछि कोरोना संक्रमणको कारण दोस्रो प्रभावित देश भारत रहेको छ । भारतमा कोरोना शुरु भएयता १ करोड ५६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यस संक्रमणको कारण भारतमा १ लाख ४६ हजार भन्दा बढीको मृत्यु भएको छ । अरु देशको तुलानामा भारतमा कोरोना भाइरस निको हुने दर भने बढी रहेको छ । भारतमा हालसम्म ९६ लाख भन्दा बढी व्यक्तिको कोरोना मुक्त भएका छन् । तेस्रो संक्रमित देशमा रुपमा ब्राजिल रहेको छन भने ब्राजिलमा हालसम्म कोरोना भाइरसका ७२ लाख ३८ हजार भन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने एक लाख ८६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा ६२ लाख ४५ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । यस्तै बेलायत, जर्मनी, फ्रान्स र यसअघि निकै विस्फोटक बनेको स्पेनमा पनि यो संक्रमणबाट हजारौँ नागरिकले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणको करिब एक वर्ष पूरा भएको यस समयमा अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएको छ भने त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने तीन लाख नाघेको छ । अमेरिकामा आउँदो अप्रिल महिनासम्म १० करोड जना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन् । अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छिन् । कोरोना भाइरस विरुद्वको पहिलो खोप लगाएकी ती महिलाले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको बताएकी छिन् । उनको यो अभिव्यक्तिसँगै यहाँका नागरिकले पनि अब यो महामारीबाट मुक्ति पाउन सकिने आशामा रहेका छन् ।

  • #1 year
  • #Corona crisis
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कोरोना भाईरस सम्बन्धि थप

  • काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिएकाठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए
  • स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
  • माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
  • कोभिड–१९ विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमित ः डब्लुएचओकोभिड–१९ विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमित ः डब्लुएचओ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    दुर्घटनामा दुईको मृत्यु

    दुर्घटनामा दुईको मृत्यु

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    नेपाली कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    हानिकारक ग्यास आयातमा कडाइ

    हानिकारक ग्यास आयातमा कडाइ

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई...  विस्तृतमा

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑