सुरेन्द्र कार्की ‘अन्जान काइँला’ साहित्यलाई मिहिन ढंगले बुझने एक युवा साहित्यप्रेमी हुन् । दक्षिण कोरियामा रहेर पनि कामसंगै बचेखुचेका समयमा आफनो परिवार, देश सम्झेर शब्दको आगो ओकल्छन् । प्रवासमा रहेर पनि उनको नेपाली साहित्यप्रतिको लगाव र योगदानलाई खुलेरै प्रशंसा गर्नुपर्ने हुन्छ । नेपाली साहित्य समाजमा सचिव जस्तो जिम्मेवार पदमा रहँदाको उनको जोश,जाँगरको प्रतिफलको रुपमा लिन सकिन्छ सांगीतिक यात्राको फल ‘सहयात्रा’ ।
यसै एल्बममा समेटिएको एउटा गीतको २ हप्ता अघि म्युजिक भिडियो रेगम म्युजिक हवबाट सार्वजनिक भएको छ । हुन त नेपाल आएर एकपछि अर्का सुमुधुर गीतको म्युजिक भिडियो सार्वजनिक गरेका संगीतको उदाउँदो मखमली आवाज भएका रविन रेगमले सुरेन्द्र कार्कीको शब्दलाई जीवन्त बनाएका छन् । यही क्षेत्रमा आफनो भविष्य खोजीरहेका रेगमको मिठो आवाजले जो कोहीको मन चोर्न सक्छ ।
“दिने थिए तिमीलाई” गीतमा नवराज सिं खडका र दिपिका भट्टराईको अभिनय देख्न सकिन्छ । गायक रेगमको संगीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् । हरि वाग्लेको निर्देशन र सम्पादन हेमन तामाङ्गले गरेका छन् ।
भिडियो छायाँकन सुमन तामाङ्गले गरेको यो गीत कोरियामा रेकर्ड गराइएको हो । नेपाली संगीतमा ‘दिने थिए तिमीलाई’ गीतले सांगीतिक क्षेत्रमा एउटा नयाँ इँटा थप्ने काम गरेको छ ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस