गण्डकी – गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत गर्दै पारित सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आमजनताको हितलाई दृष्टिगत गर्दै यस सङ्कल्प प्रस्तावलाई अघिल्लो अधिवेशनमा समेत प्रस्तुत गरिएको बताउँदै विशेष अधिवेशनमा सत्तापक्ष र प्रतिपक्ष सबैको सहमतिमा सर्वसम्मत साझा प्रस्तावका रूपमा पारित भएको बताए ।
यसको प्रभावकारी कार्यान्वयन अबको आवश्यकता भएको बताउँदै उनले त्यसतर्फ प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर निगरानी गर्ने उल्लेख गरेका छन् । सङ्कल्प प्रस्ताव पारित हुनुले देशको विकराल परिस्थितिमा एकताबद्धरूपमा समाना गर्न सक्छौँ भन्ने सन्देशसमेत दिएको उनको भनाइ थियो ।
जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोना नियन्त्रणका सम्बन्धमा सत्तपक्ष र प्रतिपक्ष एकमत बन्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ त्यसतर्फ निरन्तर चासो दिइने उल्लेख गरेका छन् । कोरोनाको निःशुल्क उपचार, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका १३ बुँदासहित पुस २४ गते प्रदेशसभामा दर्ता सङ्कल्प प्रस्ताव मङ्गलबार बसेको बैठकले सर्वसम्मत पारित गरेको थियो । विपक्षी दलका नेता नेपालीले दर्ता गर्नुभएको सङ्कल्प प्रस्तावको जनता समाजवादी दलका आचार्य, नेकपाका तर्फबाट मायानाथ अधिकारी र गायत्री गुरुङ, तथा राष्ट्रिय जनमोर्चाको कृष्ण थापाले समर्थन गरेका थिए ।
आगामी दिनमा प्रदेशमा सत्ता समीकरणका सम्बन्धमा सोधिएको प्रश्नमा कांग्रेस संसदीय दलका नेता नेपालीले नेकपा वैधानिकपमा अलग भइनसकेको अवस्थामा हाल त्यसबारे कुनै औपचारिक छलफल तथा निर्णय नभएको जानकारी दिएका छन् ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस