गलकोट – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।
पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । शुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।
सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।
यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुङ्गे पुल थपिएका भए पनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन ।
पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिएका छन् । “माघ ३ गतेपछि बल्ल पुल हाम्रो स्वामित्वमा आयो, पुल हस्तान्तरण नहुँदासम्म आधिकारिकता पाएको थिएन”, नगर प्रमुख पौडेलले भने, “विश्व रेकर्ड कायम राख्नका लागि वेबसाइटमा प्राविधिकहरुको सहयोगमा निवेदन दिएका छौँ, निवेदनको ‘रेस्पोन्स’ आइसेको छ, तीन महिनादेखि छ महिनाभित्रै पुल हेर्न आउने जवाफसमेत आइसकेको छ ।”
पौडेलका अनुसार निवेदनपश्चात विश्व रेकर्डको कार्यालयले छानविन गर्नेछ । “हाम्रो पुल विश्वकै लामो ठहर भएमा विश्व रेकर्ड अर्थात गिनिज बुकमा दर्ता हुनेछ”, उनले भने । झण्डै रु १२ करोड लागतमा बनेको उक्त पुल १३८ मिटर अग्लो रहेको छ । पुल निर्माण शुरु भएको दुई वर्षमै सकिएको थियो ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस