सियुदाद भिक्टोरिया, मेक्सिको – अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।
प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ ।
पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।
अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुनेछ,” अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।
करमागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो ।
न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् ।
कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस